काठमाडौं- नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरु आन्तरिक रणनीति तय गर्न बैठक बसेका छन्। नुवाकोट जिल्ला सभापति जगदिश्वनरसिंह केसीको निवास गोंगबुमा बैठक बसेको थियो।
केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षको धारणा तय गर्न कांग्रेस संस्थापन इतरका नेताहरुको बैठक बसेको हो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, प्रकाशमान संह ,सशाङ्क कोइराला, सुजाता कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए।
बैठक साँझ ५ बजेदेखि ८:३० बजेसम्म चलेको थियो। असार २२ गते बस्ने केन्द्रीय समितिमा आफ्नो धारणा के बनाउने भन्ने बारे छलफल भएको बताइएको छ।
केन्द्रीय समिति बैठक नजिकिँदै जाँदा देउवाइतर समूह फेरि एक ठाउँ देखिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।