• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेस र राप्रपाद्वारा नगरसभा बहिष्कार, न्यायिक प्रतिवेदनमाथि बोल्न नदिएको आरोप

64x64
नेपाल लाइभ मंगलबार, असार १७, २०७६  २०:४५
1140x725

भैरहवा– सिद्धार्थनगर नगरपालिकाले आह्वान गरेको पाँचौं नगरसभा नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन्। 

नगरपालिका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिले प्रतिपक्षीका कुरै नसुनी एकलौटी रुपमा सभा अगाडि बढाएको भन्दै नगरसभा बहिष्कार गरेको उनीहरूले बताएका छन्।

पाँचौं नगरसभामा मंगलबार न्यायिक समितिको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा आफूहरूलाई बोल्न नदिइएको भन्दै प्रतिपक्षका २८ जना सभासदले सभा बहिष्कार गरेको बताए।

नगरपालिका उपप्रमुख उमा काफ्लेको संयोजकत्कमा गठित न्यायिक समितिको प्रतिवेदन नै नदिई सभा सञ्चालन गर्न खोजिएकाले नगर सभा बहिष्कार गरिएको नगर सदस्य दीपक श्रेष्ठले जानकारी दिए।

नगरप्रमुख हरिप्रसाद अधिकारीले नगरसभामा न्यायिक समितिको प्रतिवेदन दिनै नमिल्ने बताएपछि आफूहरू सभा बहिष्कार गरेर हिँड्नु परेको बताए।

नगरपालिकाले असार १० गते नगरसभा आह्वान गरेको थियो।

१० गतेको नगरसभामा अर्थ विधेयक पेस गर्दा उक्त विधेयकमा रहेको बुदाँहरू नदिइ बहुमतका आधारमा पेलेरै अगाडि लैजान लागेपछि कांग्रेस र राप्रपाबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्य सहितका जनप्रतिनिधिले विरोध जनाएपछि १६ गते सम्मका लागि अध्ययन विदा दिइएको थियो।

सिद्धार्थनगर नगरपालिकामा नेपाली का‌ंग्रेसका तर्फबाट ५ वटा वडा अध्यक्ष सहित २५ जना र राप्रपाबाट ३ जना गरी २८ जनाले नगरसभा बहिस्कार गरेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नगरसभा बहिष्कार गरेका जनप्रतिनिधिहरूले नगरप्रमुख हरिप्रसाद अधिकारी सहितका जनप्रतिनिधिले जबरजस्ती रुपमा नगरसभामा विधेयकहरू पास गराएकाले आफूहरूले नगरसभा बहिष्कार गरेको बताए।

उनीहरूले निर्वाचित नगर सदस्यलाई बेवास्ता गर्दै विगतदेखि नै नगरपालिकाका काम कारबाही अगाडि बढाउने गरेको समेत बताए।

कांग्रेसबाट निर्वाचित वडा–६ का सदस्य श्रेष्ठले बहुमत सदस्यले बहुमतको दम्भमा नगरसभा सञ्चालन गर्ने गरेको बताए। श्रेष्ठले प्रतिपक्षको कुरै नसुन्ने, प्रतिवेदनहरू गुपचुप राखी सूचनाको मौलिक हकबाट समेत बञ्चित गराइएकोले आरोप लगाए। 

उनले सभा सुरु भएको एक घण्टापछि सभामा भाग लिन आएका नगरप्रमुख अधिकारीले नगरपालिका भित्र चरम राजनीतिकरण गरेको आरोप समेत लगाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘नगर प्रमुख अधिकारीले वडा सदस्यको मानहानी हुने गरी पटक पटक एकलौटी रुपमा काम गर्दै आउनु भएको छ। यस पटक पनि हामीलाई एक्लाएर हाम्रो मानमर्दन हुने खालका काम गर्नुभयो।’ 

उनले वडा सदस्यमाथि हुँदै आएको मानमर्दन गर्ने काम रोक्न चेतावनी समेत दिए। नगर प्रमुख अधिकारीले जनताले दिएको मतको घोर अपमान गर्ने गरेको बताउँदै एमालेबाट निर्वाचित वडा अध्यक्ष र सदस्य बाहेकलाई पटक पटक विभेद गर्दै आएको बताए।

उनले नगरपालिकाले गर्ने अन्य काममा पनि आफू निकट बाहेकका व्यक्तिलाई बेवास्ता गर्दै अगाडि बढेको बताए। 

राप्रपाबाट निर्वाचित वडा सदस्य नारायण उपाध्यायले सभामा नीति तथा कार्यक्रम पास गर्ने कुरा बहुमतको आधारमा भए पनि जनता र नगरका आवश्यकताका कुरा छुट हुन  नहुने बताए।

न्यायिक समिति अधिकार सम्पन्न भइसकेको अवस्थामा त्यहीँभित्र मेलमिलाप केन्द्र राखेर अनावश्यक आर्थिक भार थुपार्ने काम समेत उचित नभएको उनले बताए। 

वडा–३ की सदस्य रुपमाया पुनले नगरसभामा नगर प्रमुखले सदस्यहरुलाई वाइकट गरेको र त्यही प्रक्रिया दोहोर्‍याएकाले आफूहरू बाध्य भएर बहिष्कार गर्नुपरेको बताइन्। 

वडा सदस्य सुबोध चुलाचनले गतवर्ष भैपरी आउने खर्च शीर्षकमा छुट्टयाइएको ७७ लाख ५० हजार रकमको खर्च विवरण समेत मेयरले उपलब्ध नगराएको र अहिले बढाएर १ करोड २५ लाख पुर्याइएको भन्दै आपत्ति जनाए।

त्यस्तै सिद्धार्थनगर–१ स्थित फरेनी बजार अगाडिको पार्किङ समेत टेण्डर मार्फत नदिइ नगर प्रमुखले न्यून रकममा तोक आदेशमा दिदाँ नगरपालिकाको आयमा नोक्सानी भइरहेको समेत उनले बताए।  

वडा सदस्य नारायण प्रसाद उपाध्यायले नगरप्रमुख, उपप्रमुख, केहि वडा अध्यक्ष र कर्मचारीले समेत वडा सदस्यालाई बेवास्ता गर्दै आएको बताए। 

नगर प्रमुख हरिप्रसाद अधिकारीले भने नियतबस बहिस्कार गरिएको दाबी गरे। नीति तथा कार्यक्रमहरू सबै उपलब्ध गराइएको र न्यायिक समितिको प्रतिवेदन उपलब्धिमूलक भएकाले सबैलाई बाँड्नुपर्ने जरुरी नठानेर नबाँडिएको बताए। ‘सहमती–असहमति सबै ठाँउमा हुन्छन्। तर, त्यसरी बहिष्कार गरेरै हिँड्नुपर्ने खालको बिषय नै थिएन,’ उनले भने।

बोर्ड बैठक तथा नगरपालिकाले गर्ने कार्यक्रम बहिष्कार गर्ने
प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरूले सिद्धार्थनगरपालिकाले आयोजन गर्ने कार्यक्रम बहिष्कार गर्ने जनाएका छन्। 

नगरसभा बहिष्कार गरेका २८ जना २८ जना जनप्रतिनिधिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नगरपालिकाले प्रतिपक्षको आवाज नसुन्दासम्म नगरपालिकाको बोर्ड बैठक लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन्।

उनीहरूले न्यायिक समितिको प्रतिवेदन पारदर्शी रुपमा छलफल गर्नका लागि प्रतिबेदन उपलब्ध गराउनु पर्ने र अन्य सरोकारका विषय समेत संशोधन गर्नुपर्ने माग गरेका छन्।

आफूहरूका मागलाई सम्बोधन नगरेसम्म नगरका कुनै पनि गतीविधिमा सहभागी नहुने र विरोध जारी राख्ने उनीहरूले बताएका छन्।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्