काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपूर्व रहेको बताएका छन्।
३८औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले प्रकाशको योगदानलाई स्मरण गरेका हुन्।
उनले ३६ वर्षको छोटो उमेरमा नै आकस्मिक निधनले हुँदा परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे।
'युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेका थिए,' उनले भने।
कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासंग जोडिएका कथाव्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८औँ जन्मजयन्तीको कार्यक्रम गरिएको बताए।
उनले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको पनि स्मरण गरेका छन्।
कार्यक्रममा सगरमाथा आरोहणसंग सम्बन्धीत व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो।
आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।