काठमाडौं– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) अवार्ड नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ। भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्मितामाथि आँच पुर्याउने भन्दै रोक्न नेपाल सरकारलाई निर्देशन दिएको हो।
सिंहदरबारमा मंगलबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइफा अवार्ड आयोजनाले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिने निर्णय गरेको हो।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरु भिम रावल, अग्निप्रसाद सापकोटालगायतले अवार्ड नेपालमा आयोजना गर्ने सरकारको निर्णयको विरोध गरेका थिए। भारतकै प्रस्ताव अनुसार यो आयोजना भए देशकै स्वाधिनता धरापमा पर्ने धारणा उनीहरुको थियो।
सांसदहरुले आइफा अवार्डका लागि भारतीय पक्षले पठाएको प्रस्ताव मागेका थिए। तर उक्त प्रस्ताव बैठकमा बाँड्न सरकारका प्रतिनिधीले आनाकानी गरे।
तत्कालका लागि यो अवार्डसँग सम्बन्धित कार्यक्रम रोक्न निर्देशन दिनुका साथै आगामी बैठकमा यससँग सम्बन्धित सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय समेत समितिले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।