काठमाडौं- स्वस्थानी र माघ स्नान सुरु भएसँगै साँखुस्थित शालिनदीमा एक महिने मेला चलिरहेको छ। उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमिको दुरीमा पर्ने शालिनदीमा मंगलबारबाट माधवनारायण मेला लागेको हो।
यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ। यही विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गरेका इतिहासकार प्रकाश श्रेष्ठ बताउँछन्।
पौष शुक्ल पूर्णिमादेखि स्वस्थानी व्रत सुरु भएको छ। यो व्रत एक महिनासम्म चल्दछ। त्यसैले पनि बिहानको चिसोमा आउने स्वस्थानीका व्रतालुहरु र अन्य दर्शनार्थीको घुइँचोले शालिनदीमा भिड लागेको छ। विशेषगरी रातो पहिरनमा आएका महिलाहरु बिहानै स्नान गरी व्रत बस्ने गरेका छन्।
माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले यस वर्ष माघ १७ गतेसम्म २५ लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने अनुमान गरिएको बताए।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।