खोटाङ- धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन्।
मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
साँझ साढे ७ बजेदेखि सुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईल गायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए। केही घरलाई भत्काएर आगो राति करिब ११ बजे नियन्त्रणमा लिइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
अचानक लागेको आगो मगमको घरबाट सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।
आगो इलाका प्रहरी कार्यालय, हलेसीका प्रहरी र स्थानीयवासीले करिब साढे तीन घण्टापछि नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।