• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा विकास निर्माण र लक्षित वर्गको कार्यक्रममा कमिसनको खेल

छिन्नमस्तामा कमिसन नदिनेको भुक्तानीको फाइल रोकियो, रुपनीमा आसेपासेलाई मात्रै सुविधा दिएको आरोप
64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  ०९:३३
1140x725

राजविराज– सप्तरीका गाउँ/नगर स्तरमा हुने विकास निर्माण तथा लक्षित वर्गको कार्यक्रममा हरेक वर्ष कमिसनको चलखेलको हल्ला चल्छ। तर, सम्बन्धित कार्यालय, उपभोक्ता समिति र गैरसरकारी संस्थाहरु ‘तैं चुप, मैं चुप’को अवस्थामा बसेपछि हल्ला मै कुरा सकिन्छ।

स्थानीय तहमा जनप्रतिनिधि नहुँदासम्म कमिसनका लागि कर्मचारीलाई दोष दिइन्थ्यो। कर्मचारीले १५ देखि ३० प्रतिशतसम्म कमिसन लिएर उपभोक्ता समिति र गैरसरकारी संस्थालाई निर्माण तथा लक्षित वर्गका सचेनामूलक कार्यक्रमको जिम्मा दिने आरोपसमेत लाग्थ्यो। आर्थिक वर्षको अन्तिम महिनामा काम सुरु गर्ने अनि ‘समयमा काम नगरे बजेट फ्रिज हुन्छ’ भन्दै हल्ला चलाएर हतारोमा काम सकिन्थ्यो। काममा गुणस्तर र मापदण्डका कुरा गौण थिए।

५० प्रतिशतसम्म कमिसन!
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको निगरानीमा काम हुने भएकाले भ्रष्टाचार, अनियमितता र कमिसनका कुरा आफैं हराएर जाने सर्वसाधारणको अपेक्षा थियो। कारण जनताबाट चुनिएर गएका जनप्रतिनिधले जनताका लागि काम गर्नेछन् भन्ने उनीहरु सोच्थे। तर, यतिबेला कतिपय जनप्रतिनिधिको कार्यशैली हेर्दा आफूहरु भ्रममा रहको सोच्न थालेका जनताले।

असारको मध्य समय चलिरहेको छ। वर्षायामको सुरुवात मात्रै होइन, यो समय चालू आर्थिक वर्षको अन्तिम महिना पनि हो। देशका अन्य भू-भागझैं सप्तरीका कृषकहरु धान रोपाइँमा व्यस्त छन्। ठिक यही समयमा स्थानीय तहलाई पनि भ्याइनभ्याइ छ। सप्तरीका अधिकांश स्थानीय तहका वडा/वडामा असार लागेपछि विकासनिर्माणका काम कार्यान्वयनमा आएका छन्।

यसै क्रममा गाउँपालिका/नगरपालिकाले आफ्ना निकटका मान्छे भेला गरेर उपभोक्ता समिति गठन गर्ने तथा ५० प्रतिशतसम्म कमिसन लिएर गैरसरकारी संस्थाहरुलाई काम जिम्मा लगाउने गरेको हल्ला यस क्षेत्रका लागि आम भइसकेको छ। कतिपय अनौपचारिक कुराकानीमा स्थानीय तहको रकम विनियोजनबाट काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरु नै यो कुरा स्वीकार्छन्। नाम नबताउने सर्तमा एक निर्माण व्यवसायीले भने, '६० प्रतिशतसम्म कमिसनको चलखेल भएको हामीलाई थाहा छ। के गर्नु यहाँ कमिसन नदिइकन काम पाउन मुश्किल छ।'

स्थानीय स्तरमा भइरहेका गतिविधिले पनि कमिसन र अनियमितताको अनुमान सहजै लगाउन सकिन्छ। सडक निर्माण, मैनबत्ती/अगरबत्ती/मुढा/ढकी/नाङ्ला बनाउने तालिम, सरसफाइसम्बन्धी जनचेतनामुलक तालिम, विपद् व्यवस्थापन तालिम तथा पत्रकारिता तालिमका नाममा हतारोमा पैसा सक्ने काम भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एक वर्षमा सक्नुपर्ने काम १ महिनामा सक्ने यही हतारोका कारण कतिपय स्थानीय तहले हालसम्म पनि आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्न सकेका छैनन्। 'अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४'मा नगर र गाउँसभाले प्रत्येक वर्ष असार १० गतेसम्म आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।

छिन्नमस्ताबाट खुल्यो वास्तविकता
कमिसनमा कुरा नमिलेपछि आइतबार छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा उपभोक्ता समितिका पदाधिकारीले तालाबन्दी गरे। सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार मण्डलको अगुवाइमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो।

सडक निर्माणका लागि छुट्याएको १० लाखबाट गाउँपालिकाका पदाधिकारी र कर्मचारीले कमिसनका लागि भुक्तानी रोकेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको वडा नम्बर ३ को सडक निर्माण उपभोक्ता समितिका सचिव सन्तोष मण्डलले बताए। ‘कमिसन दिनेको फाइल फटाफट अघि बढ्छ,’ मण्डलले भने, ‘हामीले हिसाब फरफारकका लागि बिल भर्पाइ बुझाएको २५ दिन नाघ्यो, तर भुक्तानी पाएका छैनौं।’

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल(बीचमा)लगायत।

विभिन्न बहाना बनाएर दुःख दिने र कमिसनका लागि बाध्य पार्ने नियत राखेपछि तालाबन्दी गरिएको उनले बताए। ७ वटै वडाका कमिसन नदिने उपभोक्ता समितिलाई आफूहरुलाई जसरी नै दुःख दिने काम भइरहेकाले रकम भुक्तानीको प्रकृया सुरु नगरे अनिश्चितकालीन तालाबन्दी गर्ने उनको चेतावनी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छिन्नमस्ता गाउँपालिका–३ स्थित मुक्तिलाल मण्डलको घरदेखि शंकर मण्डलको घरसम्म जाने ८९ मिटर बाटो आरसिसी ढलान गर्न गाउँपालिकाले राजकुमार मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो। कूल १० लाख रुपैयाँमा ९५ मिटर काम गर्दा पनि दुःख दिइरहेको समितिका पदाधिकारीहरु बताउँछन्।

गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले भने तालाबन्दी र कमिसनको विषयमा प्रतिक्रिया दिएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले भने फाइल अगाडि नै पेस भए पनि उपमेयरको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्न ढिलो गर्दा भुक्तानीमा ढिलाइ भएको बताए।

गत शुक्रबार भएको अनुगमनका क्रममा पनि उपमेयर उषाकुमारी मण्डलले फाइलमा हस्ताक्षर नगरेको उनले स्विकार गरे। ‘अनुगमनका क्रममा उहाँले सहि गर्नु भएन, हिजो गर्नुभयो,’ उनले भने। कर्मचारीले कमिसन मागेको विषयलाई भने उनले ठाडै इन्कार गरे।

विभिन्न स्थानीय तहमा आन्दोलन र भण्डाफोर
विकास निर्माण तथा लक्षित वर्गका कार्यक्रममा कमिसन बढेको, आसेपासेलाई मात्र काम दिएको तथा मापदण्ड मिचेर काम गरेको आरोप लगाउँदै यस क्षेत्रका विभिन्न स्थानीय तहमा विरोध भइरहेको छ। शनिबार छिन्नमस्ता गाउँपालिकामै नेकपाका स्थानीय नेता/कार्यकर्ताले नगरपालिकाको वेथितीविरुद्ध कोणसभा आयोजना गरे।

यसैगरी रुपनी गाउँपालिकामा पनि नेकपाका नेताकार्यकर्ता आन्दोनलमा छन्। गाउँपालिकाले राजपा केन्द्रित कृयाकलाप गरिरहेको उनीहरुको आरोप छ। राज्यबाट पाउने सवै सुविधा अध्यक्ष हरेराम यादवले आफू निकटका व्यक्ति र पार्टीका समर्थकलाई बाँडिरहेको स्थानीय तह निर्वाचनमा हरेरामको प्रत्यासीका रुपमा रहेका नेकपाका रामभजु यादवले बताए।

नेकपा नेता रामभजु यादव पत्रकार सम्मेलनमा।

‘सर्वसाधारणले पाउने सुविधा कसले लान्छ कसैलाई थाहा हुँदैन,’ उनले भने, ‘कतिपय उपभोक्ता समिति अध्यक्षका घरमा तयार हुन्छन्, अधिकांश त कहाँ गठन भए भन्ने नै थाहा हुँदैन।’

गाउँपालिकामा पटक-पटक सूचना माग गर्दा समेत आफूहरुले नपाएको उनले गुनासो गरे। ‘सूचनाका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत गुहार्‍यौं, तर पाइएन,’ उनले भने।

अध्यक्ष यादवले भने आफूले कसैलाई काखापाखा नगरेको र नियमअनुसार सवै काम गरेको दाबी गरे। उपभोक्ता समितिमा आफ्ना मान्छे नपरेका व्यक्तिहरुले प्रतिशोधका लागि आफूमाथि आरोप लगाइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्