राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मंगलबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। कोशी मेला भरेर फर्कंदै गर्दा स१त ३३१८ नम्बरको ट्रयाक्टरको टायर पङ्चड भएर दुर्घटना भएको हो।
करिब ४० जना यात्रु बोकेर फर्कंदै गरेको ट्याक्टर साँझ साढे ५ बजे शम्भुनाथ नगरपालिकाका वडा नम्बर १ मा दुर्घटना भएको सप्तरी प्रहरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार घाइते २४ मध्ये बालबालिका सहित १० जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइतेलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकी १४ घाइतेलाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको डिएसपी श्रेष्ठले बताए। दुर्घटनामा घाइते भएका अधिकांश शम्भुनाथ नगरपालिकाकै बासिन्दा हुन्। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रुपनीमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।