काठमाडौं– नेकपा(एमाले)को भातृ संगठन अनेरास्ववियुले मंगलबारको आन्दोलनमा आफ्ना नेता तथा कार्यकर्तामाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग राखेको छ। पेट्रोलियन पदार्थको मूल्यबृद्धि तथा सरकारको विरुद्धमा गरेको आन्दोलनमा मंगलबार प्रहरीसँग झडप भएको थियो।
झडपमा संगठनका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर तथा अन्य नेताहरु शेखर बोहोरा र धर्मेन्द्र केसी घाइते भएका छन्। उनीहरुमध्ये बर्ताैलाको टाउकोमा चोट लागेको छ। टाउकोमा उनको नौ टाका लगाइएको छ। त्यस्तै महासचिव महरको खुट्टामा चोट लागेको छ।
त्रिचन्द्र क्याम्पसअघि भएको विरोध प्रदर्शनमा झडप भएको थियो। आफ्ना नेताहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे थप आन्दोलन गरिने अनेरास्ववियुका ३ नम्बर प्रदेश इन्चार्ज समिक बडालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। प्रधानमन्त्रीको अपमान हुने गरी मुर्दा जुलुस निकालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।