काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय बैठक बानेश्वरमा जारी छ। बैठक दिउँसो एक बजेपछि सुरु भएको हो।
बैठकको सुरुमै बोलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई साढे चार बजेसम्म आफ्नो धारणा राखिसक्न निर्देशन दिएका थिए। सांसदहरुले आफ्नो धारणा राखिसकेपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ।
तीन बजेसम्म करिब डेढ दर्जन सांसदहरुले आफ्नो धारणा राखिसकेका छन्।
के छ सांसदका गुनासो?
सरकारले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्नुपर्ने केही सांसदले सुझाब दिएको बैठकमा सहभागी भएका एक सांसदले नेपाल लाइभलाई जानकारी दिए। अहिले जुन तरिकाले अगाडि बढिएको छ, त्यो तरिका नै ठीक नभएको तर्क उनीहरुले अघि सारेको ती सांसदले बताए।
त्यस्तै, सांसदहरुले कसैलाई जिम्मेवारी नै जिम्मेवारी दिइएको र कसैलाई जिम्मेवारीविहीन बनाइएको गुनासो गरेका छन्।
बजेट विनियोजनमा पनि उनीहरुको असन्तुष्टि छ। मन्त्री तथा शक्तिशाली नेताको क्षेत्रमा मात्रै बजेटको खात लागेको उनीहरुको भनाई थियो। आफूहरु पनि जनताकै प्रतिनिधि भएको उनीहरुले स्मरण गराएका थिए।
सांसदहरुले सरकार र पार्टी सञ्चालनको विषयमा पनि गुनासो गरेका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।