काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
प्रमुख सचेतक खाँडले विधेयकका माध्यमबाट संविधानका प्रावधान उल्टयाउने काम सरकारले गरिरहेको प्रमुख सचेतक खाँडको दाबी छ।
६१औं संसद दिवसका अवसरमा पूर्व सांसद मंच, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खाँडले भने,‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढन म सबैलाई आग्रह गर्दछु। मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ।’
प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जिउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारेका थिए।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।