काठमाडौं– मंगलबार बिहान चाबहीलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चाबहीलको ओरालोमा बा १ ज १८२६ नम्बरको ट्याक्सीको ठक्करबाट बाटोमा हिडिरहेका ६२ वर्षिय अग्नि सापकोटाको मृत्यु भएको हो।
ट्याक्सी चालक नुवाकोट घर भएका शिव बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशलाले उनीविरुद्ध सवारी ज्यान मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।