काठमाडौं- नेकपा एमालेसँगको पार्टी एकता पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बस्ने भएको छ।
मुख्यत बैठकमा पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुने प्रवक्ता पम्फा भुसालले बताइन्। उनका अनुसार बैठक मंगलबार अपराह्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेछ।
पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला आजको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।