काठमाडौँ- परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली करिब साता लामो चीन भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली विश्व आर्थिक मञ्चको १३औं वार्षिक बैठकका लागि आजै चीन जाँदै छन्।
‘नेतृत्व ४.० : भुमण्डलीकरणको नयाँ युगमा सफल’ शीर्षकमा हुन लागेको उक्त बैठक चीनको दलिनमा १६ गतेदेखि १८ गतेसम्म चल्नेछ।
मन्त्री ज्ञवालीले सोमाबार उक्त बैठकको 'विश्व आर्थिक मञ्चका नैताको अनौपचारिक जमघट : विश्व अर्थतन्त्रका लागि नयाँ अधारको खोजी’ सत्रमा सम्बोधन गर्ने छन्।
त्यस्तै उनले ‘सन् २०२० का लागि विश्वका २० औद्योगिक राष्ट्रको समूह जी-२० कार्यसूची निर्धारण’ सत्रमा पनि सहभागि हुने छन्।
त्यस्तै मंगलबार मन्त्री ज्ञवालीले ‘वातावरण परिवर्तन : अर्को आर्थिक संकट’ र ‘शक्तिको नयाँ सन्तुलन’ सत्रमा पनि बोल्ने छन्।
चीनमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिक नेता र व्यापारीसँग पनि भेटघाट गर्ने छन्। चिनियाँ अधिकारीसँग उच्च तहको भेटघाटका लागि मन्त्री ज्ञवाली बुधबार दलिनबाट बेइजिङ प्रस्थान गर्ने छन्।
उनी २० गते स्वदेश फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।