• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम : बजेटको विरोधमा प्रतिपक्षीले अघि सारे १६ प्रदेश गौरवका आयोजना, संसद चल्न नदिने अडान

64x64
नेपाल लाइभ आइतबार, असार १५, २०७६  १३:३०
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलहरूले प्रदेशको गौरवका आयोजनाहरू सार्वजनिक गरेका छन्।

प्रदेशसभामा असार १ गते प्रस्तुत भएको बजेट असन्तुलित, वितरणमुखी, आर्थिक सुशासन ऐनविपरीत तथा अस्पष्ट भएको भन्दै निरन्तर प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार संयुक्तरुपमा प्रदेश गौरवका केही मुख्य आयोजनाहरू प्रस्तुत गरे।

प्रतिपक्षी दलहरूले कम्तीमा पाँच करोडदेखि एक अर्ब रुपैयाँ बजेटका प्रदेशका गौरवका आयोजना सञ्चालन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्। कांग्रेस र राजपाले संयुक्तरुपमा प्रस्तुत गरेका प्रदेश गौरवका आयोजनाहरूमा महाकाली कोरिडोर, धनगढी–खुटिया–दीपायल द्रुतमार्ग, कर्णाली कोरिडोर, धनगढी गेटा क्षेत्रीय विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण, प्रदेशभित्र हाल बन्द अवस्थामा रहेका विमानस्थलहरूको पुनः सञ्चालन, पश्चिम सेती जलविद्युत परियोजनासहित १६ वटा आयोजना समावेश गरिएका छन्।

प्रमुख प्रतिपक्षी दलहरूले गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एक अर्ब रुपैया विनियोजन गर्नुपर्ने सुझाव दिएका छन्। त्यस्तै, कञ्चनपुर, टीकापुर, कमलबजारलगायतका विमानस्थल कालोपत्रे र डडेलधुरा विमानस्थलको डिपिआरका लागि एक करोड रुपैयाँ विनियोजन गर्न सुझाव दिएका छन्।

पत्रकार सम्मेलनमा प्रदेशसभाका प्रमुख प्रतिपक्षी नेता रणबहादुर रावलले प्रदेश सरकारको बजेट सुदूरपश्चिमको गरिबी तथा पछौटेपन हटाउनेतर्फ भन्दा पनि भ्रष्टाचारलाई संस्थागत गर्नमा बढी लक्षित भएको आरोप लगाए। उनले भने, 'सरकारले ल्याएको यो बजेट आफ्ना कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई बढावा दिने मनसायका साथ आएको छ।'

नेता रावलले प्रदेश सरकारले अर्थ विविध शिर्षकमा साढे ६ अर्ब रुपैयाँ बढी बजेट छुट्याउनुका पछाडि आफ्नो पार्टीका कार्यकर्ता तथा आसेपासेलाई पोस्ने उद्देश्य लुकेको दाबी गरे।

कार्यक्रममा राजपाका सांसद कृष्णबहादुर चौधरीले केही हजार रुपैयाँका सय बढी योजना ल्याउनु लाजलाग्दो विषय भएको जिकिर गरे। ‘प्रदेश सरकारको बजेटमा एक हजारदेखि २० हजारसम्मका ३० योजना छन् भने २१ हजारदेखि ५० हजार रुपैयाँ सम्मका एक सय बढी योजना छन्। यो त लाजमर्दो कुरा हो,’ चौधरीले भने, 'वडा तथा टोल र स्थानीय तहले ल्याउने खालका योजना प्रदेश सरकारले ल्याएको छ।'

सांसद चौधरीले बजेट विनियोजन सन्तुलित ढंगले नभएर स्वेच्छाचारी र विभेदकारी ढंगले गरिएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेसका अर्का सांसद भरतबहादुर खड्काले आफूहरूका योजना बजेटमा नसमेटिएका कारण संसद अवरुद्ध नगरिएको स्पष्ट पारे। सांसद खड्काले भने, 'प्रदेशको उन्नति र प्रगतिमा बजेट केन्द्रित हुनुपर्छ भनेर हामीले संसद अवरोध गरेका हौं।'

यथास्थितिमा संसद चल्दैन : प्रतिपक्षी

लगातार ४ पटक स्थगित भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक आज (आइतबार) दिउँसो ३ बजेका लागि तोकिएको छ। तर, प्रतिपक्षी दलहरूले संसद नचल्ने दोहोर्‍याएका छन्।

राष्ट्रिय जनता पार्टीका नेता चौधरीले भने, ‘सरकारले हाम्रो कुरालाई हलुका ढंगले लिएको छ। यथास्थितिमा प्रदेशसभाको बैठक चल्न दिँदैनौं।’ उनले प्रदेश सरकारले ३ पटक आफूहरूसँग ‘वार्ताका नाममा वार्ता’झैं हलुका ढंगले छलफल गरेको बताए।

कांग्रेस प्रदेश संसदीय दलका नेता रावलले दुई तिहाइको दम्भले पेलेरै जाने मनस्थितिमा सरकार गयो भने परिस्थिती नराम्रो हुने चेतावनी दिए। 'सरकारले वार्ता र छलफल नगरी संसद बैठक चलाउन खोजे हामी पनि कडा रणनीति बनाएरै अघि बढ्छौं।'

प्रदेश सरकारले ल्याएको रातो किताबलाई खाली किताब भन्दै जलाएका प्रतिपक्षी दलहरूको अवरोधका कारण यसअघि ४ पटकसम्म संसद अवरुद्ध भइसकेको छ भने आइतबारको बैठक पनि अनिश्चित बनेको छ।

आयोजनाहरुको सूचीः

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्