काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनले दुई कोरियालाई विभाजन गर्ने सैन्य निसश्त्रीकरण इलाकामा हात मिलाएका छन्।
हिँसिलो मुद्रासहित पानमुनजोममा उपस्थित भएर दुई नेताले आइतबार एकअर्कासँग हात मिलाए।
उत्तर कोरियाली भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्।

उत्तर र दक्षिण कोरिया छुट्याउने सीमा रेखामा किमसँग हात मिलाएपछि ट्रम्पले उत्तर कोरियाली भूमिमा प्रवेश गरे। ट्रम्पको आग्रहमा उनी उत्तर कोरयाली क्षेत्रमा प्रवेश गरेका हुन्। त्यसपछि उत्तर कोरियाली नेता किम पनि ट्रम्पसँगै दक्षिण कोरियाली भूमिमा प्रवेश गरे।
किमले ट्रम्पसँग यो क्षेत्रमा आफूले भेट्नेबारेमा कहिल्यै पनि नसोचेको प्रतिक्रिया दिए। त्यसपछि दक्षिण कोरियामा ट्रम्प र किम दुवैलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले स्वागत गरेका थिए।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘यो विश्वका लागि महान दिन हो।’ जबकि किमले भने, ‘हामीले विगतलाई स्पष्ट गर्नैछौं र भविष्यामा जानेछौं।’

शनिबार ट्रम्पले किमसँग हात मिलाउने चाहाना राख्दै भेटको प्रस्ताव ट्विवटरमार्फत गरेपछि यो भेट तय भएको हो।
आइतबार सोलमा ट्रम्पसहित आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले सीमा क्षेत्रमा ‘शान्तिका लागि हात मिलाउने’ उल्लेख गरेका थिए।
जापानको ओसाकामा भएको जी–२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाकामा रहेका ट्रम्प शनिबारदेखि दुई दिनको भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सोलमा छन्।
भिडियोः
(भिडियो : बिबिसी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।