काठमाडौं- सरकारले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरेको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ।
प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।