काठमाडौं– नेपाली कांग्रेससहित ६ वटा दलले प्रदेशससभा सदस्यको समानुपातिकतर्फ बुझाएको सांसदको नामावली नमिलेको भन्दै सच्याउन निर्वाचन आयोगले निर्देशन दिएको छ। समाबेशीको प्रावधानअनुसार ती पार्टीले बुझाएको नामावली नमिलेको आयोगले जनाएको छ।
नेपाली कांग्रेससहित राजपा नेपाल,संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपालाई सूचि सच्याउन सोमबार आयोगले पत्रचार गरेको छ । ती दलहरुलाई तीन दिनभित्र सूचि सच्याएर पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता दिनेश घिमिरेले बताए। कतिपयको समावेशी प्रावधान नमिलेको र केहीको क्रम मिचिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।