काभ्रे– ग्राहकसँग घुस लिएलगत्तै नेपाल बिद्युत प्राधिकरणको पाँचखालस्थित उपशाखाका प्रमुख पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख दिनेश थापालाई सोमबार २५ हजार घुससहित पक्राउ गरेको हो।
थापाले २ फेजको मिटर जडानका लागि एक स्थानीयसँग पैसा लिएका थिए। घुस लिएलगत्तै अख्तियारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा बनेपा शाखाका अन्य अधिकारीको समेत उक्त घुस प्रकरणमा मिलेमतो देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।