काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तीन दिने भ्रमणका सिलसिलामा शनिबार संयुक्त अरब इमिरेट्स (दुबइ) प्रस्थान गरेका छन्।
मन्त्री बस्नेत आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठकमा सहभागी हुने क्रममा आबुधावी प्रस्थान गर्नुभएको हो। मन्त्री बस्नेत आइतबार मन्त्रीस्तरीय अन्तरक्रियामा सहभागी हुनुहुनेछ।
मन्त्री बस्नेत सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
मन्त्री बस्नेतले अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण भ्रमण गर्नुका साथै त्यहाँ रहेका नेपालीहरुसँग प्रतिनिधिमूलक भेटघाट समेत गर्ने कार्यक्रम छ।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।