जनकपुर- जनकपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको ०७६/७७ को नीति तथा कार्यक्रममा ‘जनकपुर डज नट स्लिप’अर्थात् कति बेलै सुत्दैन भन्ने नारालाई प्राथमिकतामा राखिएको छ।
जनकपुरका नगरप्रमुख लालकिशोर साहको महत्त्वाकांक्षी नीतिलाई संशयका रूपमा हेरिएपनि कार्यपालिकाका अन्य सदस्यहरू भने उत्साहित देखिएका छन्।
‘नारालाई कार्यरूप दिने नेतृत्वको इच्छाशक्तिले हो। लथालिंग एकीकृत सहरी विकास योजना ११ महिनामा सम्पन्न गराउने उपमहानगरपालिकाको कार्यपालिका यस नीतिलाई पनि कार्यान्वन गरेर देखाउँछ,’ कार्यपालिका सदस्य श्याम साहले भने।
सार्वजनिक भएको नीति तथा कार्यक्रममा नागरिकलाई २४ घन्टा अति-आवश्यक सेवा उपलब्ध गराउन टोल-फ्री टेलिफोन नम्बर तथा हट नम्बरसहितको आशस्मिक सेवाकक्ष सञ्चालन गर्ने उल्लेख छ। यसका साथै नगर प्रहरीलाई उपमहानगरपालिका भित्रै आवाससहितको सुविधा उपलब्ध गराउने उल्लेख छ।
'एम्बुलेन्स, वारुण यन्त्र, नगर प्रहरीसहितको एकीकृत सेवा २४ घन्टा उपलब्ध गराउने योजना छ। जतिबेला फोन आए पनि केही मिनेटभित्रै एकीकृत सेवा उपलब्ध गराउने छौं,’नगरप्रमुख लालकिशोर साहले भने।
जनकपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भौतिक संरचना निर्माण, पोखरी सरसफाई, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखे पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आकर्षक कार्यक्रम ल्याएको छ।
भ्रमणलक्षित जनकपुरको नीति
जनकपुरधाम उपमहानगरपालिका जनकपुर महोत्सवको आयोजन गर्नेछ भने बैशाख शुक्ल नवमीको दिन राष्ट्रिय स्तरको ‘जानकी जन्म महोत्सव’ मनाउने कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।