विराटनगर- मोरङको सुनवर्षी नगरपलिका-९ मुसलमान टोलमा शौचालयको हजमा रहेको काठको सेटिङ खोल्ने क्रममा निसास्सिएर ४ जनाको मृत्यु भएको छ।
मर्कस मस्जिदको कम्पाउन्डमा निर्माणाधीन शौचालयको हजमा रहेको काठको सेटिङ्ग खोल्न हज भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका–९ का ४५ वर्षीय कपिल आलम, २० वर्षीय मो. फिरोज, १९ वर्षीय सहनवाद र २२ वर्षीय मो.ओसिब आलमको मृत्यु भएको हो।
घाइते अवस्थामा फेला परेका चारै जनालई प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रङगेलीको प्रहरी टोली तथार स्थानीय वासीले उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याएका थिए।
उपचारकै क्रममा ६ बजे उनीहरुको मृत्यु भएका ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ।
उनीहरुको उद्धारका क्रममा ३ जना कामदार सामान्य घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।