• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिक अपिल : हामी रैती बन्न इन्कार गर्छौं

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  १८:०४
1140x725

काठमाडौं– सरकारले नागरिकलाई रैतीमा परिणत गर्ने दुष्प्रयत्न गरेको भन्दै केही चर्चित नागरिक अगुवाहरुले विरोध जनाएका छन्।

आज काठमाडौंमा एक भेलामार्फत स्वनाम साथीको नेतृत्वमा ९ सदस्यीय नागरिक संघर्ष संयोजन समिति समेत गठन गरेका उनीहरुले सरकारले ल्याएका केही विधेयकहरुको विरोध गरेका छन्। 

'गैरन्यायिक हत्याको श्रृंखला सुरु हुनु र आलोचनात्मक चेत भएका निहत्था पत्रकार एवं कविहरुलाई पक्रेर अपमान गर्नु ओली सरकारको तीव्र पञ्चायतीकरणको द्योतक हो । पञ्चायती पवृत्तिले नागरिकलाई नागरिक मान्न इन्कार गर्छ', भेलापछि जारी अपिलमा भनिएको छ।

अपिलमा नेपाली नागरिकले अत्यन्त कष्टकर लडाइँबाट रैती हुन इन्कार गरेका स्मरण गराइएको छ।

'विगतमा भएका क्रान्तिको नेतृत्व गरेका र अनेकन् आन्दोलनमा संलग्न भएका मानिसहरु संलग्न सरकारले आफ्नै इतिहासमा घात गरेको छ । क्रान्तिका उपलब्धिका रुपमा स्वीकार गरिएका तमाम प्रबन्धलाई अस्वीकार गर्ने र सकेसम्म ती उपलब्धीलाई अर्थहीन तुल्याउन चाहानेका हातमा सम्पूर्ण व्यवस्थाको लगाम थमाउनु आफैँमा इतिहासमाथिको घात हो । यो नै त्रासद वर्तमानको अकाट्य दसी पनि हो', अपिलमा भनिएको छ।

अपिलमा स्वनाम साथी, सुन्दरमणि दीक्षित, गौरी प्रधान, विजय कर्ण, लोकनारायण शर्मा, अनुभव अजित, उज्ज्वल प्रसाई, खगेन्द्र संग्रौला लगायत सत्तरी जनाद्वारा हस्ताक्षर गरिएको छ।

अपिलको पूर्ण पाठ

नागरिक अपिलः
रैती बन्न इन्कार गर्छौं

Ncell 2
Ncell 2
nimb
nimb

सूचना, ज्ञान, न्याय र मानवअधिकार वर्जित गर्ने एकपछि अर्को सरकारी कदमले हामीलाई नागरिकबाट रैतीमा परिणत गर्ने दुष्प्रयत्न गरेको छ । सञ्चार सम्बन्धी विधेयकद्वारा बोल्न र लेख्न पाउने अधिकारबाट नागरिकलाई वञ्चित गर्न खोजेको स्पष्ट छ । मानवअधिकार आयोग सम्बन्धी विधेयकले आयोगलाई नेताभक्त वकिलहरुको जागिरे अड्डामा परिणत गर्ने मनसुवा राखेको छ । अर्थात्, यसबाट कार्यकारीमार्फत जनतामाथि हुनसक्ने नृशंस दमनमा अंकुश लगाउने आयोगलाई निकम्मा बनाउन खोजिँदैछ । पुस्तकमाथि लगाईएको अविवेकपूर्ण भन्सार कर ज्ञानको उद्यम धराशायी बनाउने दुष्चेष््टा हो । सार्वजनिक जग्गामा चलिरहेको अकण्टक दलाली मार्फत सरकारले आफ्ना इष्टतुल्य दलालहरुलाई पोषिरहेको कुरा छिपेको छैन । सो क्रमलाई द्रुत बनाउन कानुनी हतियार तयार पारिँदैछ । विश्वविद्यालय जस्ता संस्थाको तेजोबध गरेर भएका स्रोतमाथि बलात् कब्जा जमाउने कोशिस जारी छ । न्यायबाट वञ्चित गरिएका निर्मला पन्त, अजित मिजार र कृष्ण विकका आफन्तका कहर कहिनसक्नु छ । 

गैरन्यायिक हत्याको श्रृंखला सुरु हुनु र आलोचनात्मक चेत भएका निहत्था पत्रकार एवं कविहरुलाई पक्रेर अपमान गर्नु ओली सरकारको तीव्र पञ्चायतीकरणको द्योतक हो । पञ्चायती पवृत्तिले नागरिकलाई नागरिक मान्न इन्कार गर्छ । भुल्न नहुने सत्य के हो भने नेपाली नागरिकले धेरै अघिदेखि रैती हुन इन्कार गरेका हुन् । सहजै होइन, अत्यन्त कष्टकर लडाइँपछि मात्रै त्यस्तो इन्कारी सम्भव भएको हो । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, सूचनाको हक र समानुपातिक समावेशिता जस्ता प्रबन्धका लागि रैती बन्न इन्कार गर्ने हजारौँले बलिदानी दिएको इतिहास हाम्रा लागि सम्मानयोग्य मात्र होइन संवद्र्धनयोग्य पनि छ । ती बलिदानको सम्मान र संवद्र्धनका निम्ति आवश्यक परे अर्को संघर्षको थालनी गर्न नेपाली नागरिक पछि पर्ने छैनन् । यो वक्तव्य यहीसन्देश प्रवाह गर्ने हाम्रो एउटा जमर्कोे हो । 

विगतमा भएका क्रान्तिको नेतृत्व गरेका र अनेकन् आन्दोलनमा संलग्न भएका मानिसहरु संलग्न सरकारले आफ्नै इतिहासमा घात गरेको छ । क्रान्तिका उपलब्धिका रुपमा स्वीकार गरिएका तमाम प्रबन्धलाई अस्वीकार गर्ने र सकेसम्म ती उपलब्धीलाई अर्थहीन तुल्याउन चाहानेका हातमा सम्पूर्ण व्यवस्थाको लगाम थमाउनु आफैँमा इतिहासमाथिको घात हो । यो नै त्रासद वर्तमानको अकाट्य दसी पनि हो । त्यस्ता मानिसले बलिदानका तमाम उपलब्धिको ब्याज खाँदै तिनैमाथि निर्मम प्रहार गरेको देखेर चुपचाप बस्न सकिँदैन । चुपचाप बसेका छैनौँ भनेर तिनलाई बुझाउन यो आवाज मुखरित गर्न खोजेका हौं ।

समग्रमा, नेपाली समाजको प्रगतिशील रुपान्तरणका निम्ति हिजो भएका संघर्षको हामी सम्मान गर्छौं । ती तमाम संघर्षहरुको उपलब्धिको रक्षार्थ अर्को संघर्षका लागि हामी तयार छौं । औचारिक दस्तावेजमा दर्ज गरिएको गणतन्त्र एवं यो व्यवस्था संचालनका लागि खडा गरिएका लोकतान्त्रिक संस्थाले नागरिकलाई नागरिकको व्यवहार गरेको देख्न चाहान्छौँ । निर्वाध सूचनाको प्रसार, ज्ञानको निरन्त उद्यम एवं स्वतन्त्रताका लागि हामी सरकार एवं सम्बद्ध सबै संस्थालाई सचेत गराउन चाहन्छौँ । हामी बेलैमा सचेत नभए ठूलो मूल्य चुकाउनुपर्ला भन्ने खबरदारी पनि सुनाउन चाहान्छौँ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हस्ताक्षरकर्ता नागरिकहरु

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्