काठमाडौं- नेपाली कांग्रेसका नेता सरकारले जनताका अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरेका छन्। जननेता मदन भण्डारीको ६७औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले सो कुरा बताएका हुन्।
'सरकार बनिसकेपछि जनताको जुन अपेक्षा थियो, पूरा हुन सकेन। संविधान भित्रै बाट सरकारले धेरै गर्न सक्ने अवस्था छ,' उनले भने।
नेकपा भित्र हुने खैलाबैलाले सरकार अघि जान सक्ने/नसक्ने निर्धारण हुने उनको भनाइ थियो। नेपाली कांग्रेस स्थिरताका पक्षमा रहेको समेत उनको भनाइ थियो।
द्वन्दपीडितले न्याय नपाएको भन्दै नेता सिटौलाले असन्तुष्टि व्यक्त गरेका थिए। 'द्वन्द्वपीडितले अझसम्म पनि न्याय पाउन सकेका छैनन्। हामीले अपनाएको बाटोबाट विचलित त भएनौ, सोच्न पर्ने भएको छ,' उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।