काठमाडौं- स्वस्थानी र माघ स्नान सुरु भएसँगै आजैदेखि एक महिनासम्म साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लागेको छ। यो ठाउँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमिको दुरीमा पर्छ।
'माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्,' इतिहासकार प्रकाश श्रेष्ठले भने।
यस वर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ। समितिका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले यस वर्ष पुस १८ देखि माघ १७ गतेसम्म २५ लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी तयारी गरिएको बताए।
व्रतालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउनेछन्। शालिनदी मेला भने मंगलबारदेखि मात्रै लाग्ने समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।