काठमाडौं- 'केपी शर्मा ओलीको विचारको संगालो' पुस्तक विमोचन भएको छ।
मदन भण्डारी फाउन्डेसनले शनिबार राजधानीमा गरेको नेपालको लोकतान्त्रिक आन्दोलनमा जननेता मदन भण्डारी विचार गोष्ठीको अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ओलीको सो पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन्।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा सुबोध शर्मालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। शर्मा जलीय पर्यावरणका विषयमा गरेको अनुसन्धानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ। शर्मालाई अध्यक्षद्वयले पुरस्कार राशिसहित सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै सम्मानित डा शर्माले जलाधार मासिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।