काठमाडौं- अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २ सय ८४ जना चालकलाई प्रहरीले कारबाही गरेको छ।
'न्यु इयर इभ'को मौका छोपी मापसे गरी सवारी चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा कारबाही गरेको हो। अघिल्लो दिनको तुलनामा यो संख्या दोब्बरभन्दा बढी हो। शनिबार १०६ जना मापसे कारबाही परेका थिए।
आइतबार हर्न निषेध, लेन अनुशासन उल्लंघन, निषेधित क्षेत्रमा पार्किङ लगायत मापसेसहित एक हजार ६ सय ७५ जना प्रहरी कारबाहीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।