काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले सरकार आयोजक भएर गर्न लागिएको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) प्रति आपत्ति जनाएका छन्।
नेपाल सरकारको एक अर्ब लगानी हुने भन्दै उनले उक्त कार्यक्रमप्रति आश्चर्य व्यक्त गरेका छन्। ट्विट गर्दैं रावल लेख्छन्, ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला!’

नेता रावलले पार्टीको स्थायी समितिको बैठक बस्न नसकेको प्रति पनि यसै विषयलाई जोडेर जिज्ञासा राखेका छन्।
‘नेकपाको स्थायी समिति बैठक भए जान्न (आइफा बारे) पाइन्थ्यो कि?’
भारतमा निजी तवरमा हुने कार्यक्रमलाई सरकारले अगस्टको अन्तिम साता काठमाडौंमा आयोजना गर्दैछ। आगन्तुकको आवातजावत र बसाइ गरी १ अर्बभन्दा बढी सरकारी ढुकुटी उक्त कार्यक्रममा खर्च हुने भएको भन्दै आलोचना भइरहेको छ।
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।