• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अस्पतालले अन्याय गरेको भन्दै यसरी भक्कानिइन् नर्स [भिडियो]

64x64
नेपाल लाइभ सोमबार, पुस १७, २०७४  ०५:५९
1140x725

काठमाडौं- मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत केही नर्सहरु आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलो चहारिरहेका छन्। तिनै नर्समध्येकी एक हुन्, सजना देउला। जो प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिनेहरुमध्ये पर्छिन्।

न्यायको आशा राखेर आइतबार उनी फेरि स्वास्थ्य मन्त्रालयको आँगनमा पुगेकी थिइन्। उनी न्यायका लागि होमिएको ७ महिना भइसकेको छ। तर, अझैसम्म न्याय पाउने छेकछन्द देखेकी छैनन्।

न्याय पाउने चक्करमा लाग्दा उनमा नर्सिङ पेसादेखि मात्र होइन, जिन्दगीदेखि नै विरक्ति जाग्यो। उनले रुँदै भनिन्, ‘बुवाआमाका दुःख सम्झेर र दिदीहरुको साथ पाएर मात्रै बाँचिरहेकी छु। नत्र उहिल्यै मरिसकेकी हुन्थेँ।’

नेपाललाइभलाई आफूमाथि भएका अन्यायका फेहरिस्त सुनाइरहँदा उनी पटक–पटक भक्कानिइन्। बताउन नसकिने पीडा उनले आँसुबाट दर्शाइन्।

सजना मात्रै होइन, उनी जस्तैका पक्षमा आवाज उठाउने सोही अस्पतालकी अर्की नर्स त्रजिना जति पनि निकालिएकी थिइन्। सोही अस्पतालमा कार्यरत उनकै बहिनी सपना देउला समेत आफूमाथि पनि अन्याय भइरहेको बताउँछिन्।

स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबिन गर्न तीन वटा समिति बनाएको थियो। तर, त्यसमध्येको दुई वटा समितिले त छानबिनको सुरसार नै गरेन। मन्त्रालयका उच्चपदस्थलाई आफ्नो प्रभावमा राख्न सफल प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नर्सिङकी प्रमुख इन्दिरा प्रधानका विरुद्धमा उठेका नर्सहरुको आवाज झन् दबाउन खोजियो।

मन्त्रालयले पीडित पक्षका मान्छे नै सहभागी नगराई छानबिनको एउटा नाटक मञ्चन गर्‍यो। छानबिन प्रतिवेदन पीडितका पक्षमा आएन। बरु उल्टै सम्झौताका लागि बाध्य पारियो।

nimb
nimb
Ncell 2
Ncell 2

आफूमाथि अन्याय परेको भनेर पहिलोपल्ट उठेका नर्सका आवाज केही प्राविधिक र कानुनी टेकोका आधारमा निमोठिए पनि उनीहरु थाकेका छैनन्। न्यायको लडाइँ जारी नै राखेका उनीहरु नर्सिङ पेशामा रहेका मानसिक, शारीरिक र श्रम शोषणहरु विरुद्ध अझ बलियो बनेका छन्। 

यतिबेला उनीहरु स्वास्थ्य मन्त्रालयमा वारपारको लडाइँ लड्न आइपुगेका छन्। मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक र नर्सिङ प्रमुख प्रधानले आफूहरुमाथि गरेका अन्यायका फेहरिस्त एउटा किताब लेख्दा पनि नसकिने देउला बताउँछिन्।

कुनै समय फ्लोरेन्स नाइटिंगल जस्तै बन्ने लक्ष्य लिएको बताउने देउला भन्छिन्, ‘नर्सिङ पेसाप्रति नै  वितृष्णा जागिसक्यो। तर, यो लडाइँबाट कुनै पनि हालतमा हारेर पछि हट्दिनँ।’

उनले प्रत्यारोपण केन्द्रले डेढ वर्षभन्दा बढी भोलेन्टिएरका रुपमा काम गराएको र त्यसपछि ‘सेसन बेस्ड’ भन्दै सातै दिन काम लगाएर चार दिनको मात्रै पारिश्रमिक दिएको बताइन्। 

लामो समय सोही अस्पतालमा काम गरिरहेकी देउलामाथि अन्यायको क्रम यहीँ रोकिएन। अस्पतालले निकालेको भ्याकेन्सीमा उनले जाँच दिइन्। लिखितमा उनको नाम भोलेन्टिएर गरिरहेका नर्सहरुमध्ये पहिलो नम्बरमै निस्कियो। तर, अन्तर्वार्ताका क्रममा उनलाई फेल गरियो। उनीभन्दा पछाडिको क्रममा नाम निकाल्नेहरुले अस्पतालको उच्चपदस्थ पदाधिकारीसँगको सोर्सफोर्समा अवसर पाएको उनी बताउँछिन्।

उनलाई सेवाप्रति यति समर्पण थियो, इमर्जेन्सीका बिरामीको अवस्था सम्झेर आधा घन्टाको ब्रेक टाइमलाई १५ मिनेटमा छोट्याउँथिन्। उनले भनिन्, ‘इमर्जेन्सीमा काम गर्दा म चाँडै खाजा खाएर ड्युटीमा जान्थेँ। दिदीहरुले तिमीलाई दिइएको आधा घन्टा त रेस्ट गर भन्नुहुन्थ्यो।’

तर, उनले मरिमेटी गरेको यस्तो सेवाको मूल्यांकन अस्पतालका निर्देशक र नर्सिङ प्रमुखले गरेनन्। उनी खाइपाइ आएको ‘सेसन बेस्ड’ जागिरबाट समेत निकालिइन्। 

यतिबेला आफ्ना लागि भन्दा पनि सत्य र न्यायका लागि लडिरहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘सत्यका लागि लड्ने दिदी (त्रजिना जति) पनि अन्यायमा पर्नुभएको छ। म उहाँसँगै सत्यको लडाइँ लडिरहेकी छु। ज्यान दिनु परे पनि सत्यकै लागि दिन्छु।’

उनको यो लडाइँमा सहभागी हुन पोखरादेखि नर्स जिता बराल काठमाडौं आइपुगेकी छिन्। यस्तै, एन्टी करप्सन मुभमेन्टकी नर्स दिया भण्डारी पनि यो संघर्षमा सँगसँगै छिन्। यो आन्दोलनमा नेपाल नर्सिङ एसोसिएसनले पनि समर्थन गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्