• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमको बजेटमाथि सत्तापक्षीय सांसदकै असन्तुष्टि, संसदीय दलको बैठकमा थामथुम पार्ने प्रयास

प्रतिपक्षसँग सहमति नजुटे बहुमतबाटै बजेट पारित गर्न नेकपाका केन्द्रीय नेताहरुको निर्देशन
64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  २२:४२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ। बजेटको रातो किताबलाई 'खाली किताब'को संज्ञा दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनता पार्टीले सो रातो किताब जलाउनुका साथै दुई सातादेखि संसद्‌को बैठक चल्न दिएका छैनन्। प्रतिपक्षीहरुको चर्को विरोधका कारण अहिलेसम्म बजेटमाथिको सामान्य छलफलसमेत सुरु हुन सकेको छैन।

बजेटबारे नेकपाका प्रदेश सांसदहरूबाट पनि विरोधका स्वर सुनिन थालेपछि नेकपा संसदीय दलको बैठकमा व्यापक छलफल भएको छ। बजेटबारे सत्तापक्षका सांसदहरूबाट पनि विरोध भएपछि विवाद मिलाउन शुक्रबार नेकपा प्रदेश संसदीय दलको बैठक बसेको छ। शुक्रबार नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश सहइञ्चार्ज लक्ष्मणदत्त जोशी र प्रदेश अध्यक्ष कर्ण थापाको उपस्थितिमा संसदीय दलको बैठक बसेको हो।

बैठकमा नेकपाका प्रदेश सांसदहरूले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट ल्याउँदा प्रदेशसभाबाट पारित सुशासन ऐन उल्लंघन गरेको र पार्टीका सांसदहरूले दिएको सुझाव कार्यान्वयन नगरेको भन्दै उनको चर्को आलोचना गरेका छन्।

मुख्यमन्त्री तथा संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा मन्त्रिपरिषद्‌का सबै सदस्य र नेकपाका सबै प्रदेश सांसदहरू उपस्थित थिए। बैठकमा सबै सासंदहरूले पालैपालो बोलेका थिए। सांसदहरूले आफ्नो कुरा राखिसकेपछि आर्थिक मामिला तथा योजनामन्त्री बोहराले जवाफ दिने अपेक्षा सांसदहरूले गरेका थिए। तर, मन्त्री बोहराले कुनै जवाफ नदिएको बैठकमा सहभागी एक सांसदले बताए।

उनका अनुसार सबै सांसदहरूको कुरा सुनिसकेपछि स्थायी समिति सदस्य भट्टले विशेष प्रकृतिका योजनाका लागि राखिएको बजेटबाट छुटेका योजनामा बजेट विनियोजन गर्न मन्त्री बोहरालाई निर्देशन दिए। नेकपाका स्थायी समिति सदस्य भट्टले सासंदहरूलाई सदनमा बजेटमाथिको छलफलमा बोल्दा सुझाव मात्रै दिन निर्देशन दिएका छन्। नेता भट्टले बजेटको विरोधमा नबोल्न निर्देशनसमेत दिएको ती सासंदले बताए।

बैठकमा नेकपाका प्रदेश सहइञ्चार्ज जोशीले प्राथमिकतामा छुटेका योजनाहरू योजना बैंकमा समेट्न र पार्टी र सासंदको सिफारिस नदेखिएको योजना कार्यान्वयनमा प्राथमिकता नदिन सुझाव दिए।

नेकपाका प्रदेश अध्यक्ष थापाले आर्थिक मामिला मन्त्री बोहराको बचाउ गर्दै कार्यान्वयनको बाटो हेरेर बजेट बनाइएकोले विरोध गर्नुको औचित्य नरहेको टिप्पणी गरेका थिए। 

संसदीय दलको बैठकमा सांसदहरूले माग गरेको योजना समेट्ने गरी बजेटलाई अगाडि बढाउने निर्णय भएको छ। सत्तापक्ष नेकपाकै सांसदहरूले कतिपय समेट्नैपर्ने योजनाहरू बजेटमा प्रदेश सरकारले छुटाएको भन्दै विरोध गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

संसदीय दलको बैठकमा यसै वर्ष कार्यान्वयन गर्नुपर्ने योजनाहरू 'डल्लो बजेट'बाट सम्बोधन गर्ने र बाँकी योजनाहरूलाई योजना बैंकको प्राथमिकताको सूचीमा राखेर सांसदहरूको मागलाई सम्बोधन गर्ने सहमति भएको प्रदेश सांसद दुर्गाकुमारी विकले बताइन्। उनका अनुसार अधिकांश सत्तापक्षका सांसदरूले माग गरेका योजनाहरू रातो किताबमा समावेश गरिएको छैन।

बजेटमा छुटेका योजनाहरू रातो किताबमा समावेश गर्न नमिले पनि केही योजनाहरूलाई संशोधन गरी सम्बोधन गर्ने सहमति बैठकमा भएको स्रोतले जानकारी दिएको छ। बजेटमा भएका कमीकमजोरीहरूलाई सच्याउने र विवाद समाधानका लागि पहल गर्ने निर्णय भएको नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताए। उनका अनुसार बजेटको विषयमा प्रतिपक्षलाई पनि सहमतिमा ल्याउन प्रयास गर्ने विषयमा समेत निर्णय भएको छ।

आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बोहराले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि दुवै पक्षका सांसदहरुको असन्तुष्टि र विरोधका कारण सदनमा छलफल हुन सकेको छैन। प्रदेश सरकारले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्ने प्रयाससमेत नगरेको भन्दै संसदीय दलको बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको समेत विरोध गरेका बताइएको छ।

तर, नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तामाङले भने दलको बैठक प्रतिपक्षले गरिरहेको अवरोधमा केन्द्रित भएर बसेको जनाए। बजेटमाथि सत्तापक्षका सांसदहरूको विरोध नभई सामान्य गुनासो मात्रै रहेको उनको दाबी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले पार्टीका स्थायी समिति सदस्य भट्टले बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरूसित सहमतिको प्रयास गर्न सुझाव दिएको बताए। सहमति नजुटे लामो समयसम्म सदन अवरुद्ध नगर्न र बजेट माथिको छलफलमा दलका तर्फबाट सबै सासंदहरूले भाग लिन स्थायी समिति सदस्य भट्टले निर्देशन दिएको प्रमुख सचेतक तामाङले जानकारी दिए। उनले सकेसम्म सहममतिको प्रयास गर्न नेता भट्टले सुझाएको बताए।

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज भीम रावलले बिहीबार काठमाडौं जानुअघि पार्टीका प्रदेश सांसदहरूसितको अनौपचारिक छलफलमा विशेष खालका योजनाका लागि राखिएको बजेटबाट प्रतिपक्षी सांसदहरूले उठाएका कुरा समेटेर विवाद सुल्झ्याउन निर्देशन दिएका छलफलमा सहभागी एक सांसदले बताए।

रावलले समेत सहमति हुन नसके बहुमतीय पद्धतिका आधारमा बजेट पारित गरी कार्यान्वयनमा जान निर्देशन दिएको ती सांसदले खुलाए।

सदनमा प्रतिपक्षीको अवरोध हटाउन केही दिन सहमतिका लागि प्रयास गर्ने र सहमति हुन नसके पार्टीको निर्देशनअनुसार अघि बढ्ने तयारी नेकपा प्रदेश संसदीय दलले गरेको बुझिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्