• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमको बजेटमाथि सत्तापक्षीय सांसदकै असन्तुष्टि, संसदीय दलको बैठकमा थामथुम पार्ने प्रयास

प्रतिपक्षसँग सहमति नजुटे बहुमतबाटै बजेट पारित गर्न नेकपाका केन्द्रीय नेताहरुको निर्देशन
64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  २२:४२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ। बजेटको रातो किताबलाई 'खाली किताब'को संज्ञा दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनता पार्टीले सो रातो किताब जलाउनुका साथै दुई सातादेखि संसद्‌को बैठक चल्न दिएका छैनन्। प्रतिपक्षीहरुको चर्को विरोधका कारण अहिलेसम्म बजेटमाथिको सामान्य छलफलसमेत सुरु हुन सकेको छैन।

बजेटबारे नेकपाका प्रदेश सांसदहरूबाट पनि विरोधका स्वर सुनिन थालेपछि नेकपा संसदीय दलको बैठकमा व्यापक छलफल भएको छ। बजेटबारे सत्तापक्षका सांसदहरूबाट पनि विरोध भएपछि विवाद मिलाउन शुक्रबार नेकपा प्रदेश संसदीय दलको बैठक बसेको छ। शुक्रबार नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश सहइञ्चार्ज लक्ष्मणदत्त जोशी र प्रदेश अध्यक्ष कर्ण थापाको उपस्थितिमा संसदीय दलको बैठक बसेको हो।

बैठकमा नेकपाका प्रदेश सांसदहरूले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट ल्याउँदा प्रदेशसभाबाट पारित सुशासन ऐन उल्लंघन गरेको र पार्टीका सांसदहरूले दिएको सुझाव कार्यान्वयन नगरेको भन्दै उनको चर्को आलोचना गरेका छन्।

मुख्यमन्त्री तथा संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा मन्त्रिपरिषद्‌का सबै सदस्य र नेकपाका सबै प्रदेश सांसदहरू उपस्थित थिए। बैठकमा सबै सासंदहरूले पालैपालो बोलेका थिए। सांसदहरूले आफ्नो कुरा राखिसकेपछि आर्थिक मामिला तथा योजनामन्त्री बोहराले जवाफ दिने अपेक्षा सांसदहरूले गरेका थिए। तर, मन्त्री बोहराले कुनै जवाफ नदिएको बैठकमा सहभागी एक सांसदले बताए।

उनका अनुसार सबै सांसदहरूको कुरा सुनिसकेपछि स्थायी समिति सदस्य भट्टले विशेष प्रकृतिका योजनाका लागि राखिएको बजेटबाट छुटेका योजनामा बजेट विनियोजन गर्न मन्त्री बोहरालाई निर्देशन दिए। नेकपाका स्थायी समिति सदस्य भट्टले सासंदहरूलाई सदनमा बजेटमाथिको छलफलमा बोल्दा सुझाव मात्रै दिन निर्देशन दिएका छन्। नेता भट्टले बजेटको विरोधमा नबोल्न निर्देशनसमेत दिएको ती सासंदले बताए।

बैठकमा नेकपाका प्रदेश सहइञ्चार्ज जोशीले प्राथमिकतामा छुटेका योजनाहरू योजना बैंकमा समेट्न र पार्टी र सासंदको सिफारिस नदेखिएको योजना कार्यान्वयनमा प्राथमिकता नदिन सुझाव दिए।

नेकपाका प्रदेश अध्यक्ष थापाले आर्थिक मामिला मन्त्री बोहराको बचाउ गर्दै कार्यान्वयनको बाटो हेरेर बजेट बनाइएकोले विरोध गर्नुको औचित्य नरहेको टिप्पणी गरेका थिए। 

संसदीय दलको बैठकमा सांसदहरूले माग गरेको योजना समेट्ने गरी बजेटलाई अगाडि बढाउने निर्णय भएको छ। सत्तापक्ष नेकपाकै सांसदहरूले कतिपय समेट्नैपर्ने योजनाहरू बजेटमा प्रदेश सरकारले छुटाएको भन्दै विरोध गर्दै आएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

संसदीय दलको बैठकमा यसै वर्ष कार्यान्वयन गर्नुपर्ने योजनाहरू 'डल्लो बजेट'बाट सम्बोधन गर्ने र बाँकी योजनाहरूलाई योजना बैंकको प्राथमिकताको सूचीमा राखेर सांसदहरूको मागलाई सम्बोधन गर्ने सहमति भएको प्रदेश सांसद दुर्गाकुमारी विकले बताइन्। उनका अनुसार अधिकांश सत्तापक्षका सांसदरूले माग गरेका योजनाहरू रातो किताबमा समावेश गरिएको छैन।

बजेटमा छुटेका योजनाहरू रातो किताबमा समावेश गर्न नमिले पनि केही योजनाहरूलाई संशोधन गरी सम्बोधन गर्ने सहमति बैठकमा भएको स्रोतले जानकारी दिएको छ। बजेटमा भएका कमीकमजोरीहरूलाई सच्याउने र विवाद समाधानका लागि पहल गर्ने निर्णय भएको नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताए। उनका अनुसार बजेटको विषयमा प्रतिपक्षलाई पनि सहमतिमा ल्याउन प्रयास गर्ने विषयमा समेत निर्णय भएको छ।

आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बोहराले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि दुवै पक्षका सांसदहरुको असन्तुष्टि र विरोधका कारण सदनमा छलफल हुन सकेको छैन। प्रदेश सरकारले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्ने प्रयाससमेत नगरेको भन्दै संसदीय दलको बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको समेत विरोध गरेका बताइएको छ।

तर, नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तामाङले भने दलको बैठक प्रतिपक्षले गरिरहेको अवरोधमा केन्द्रित भएर बसेको जनाए। बजेटमाथि सत्तापक्षका सांसदहरूको विरोध नभई सामान्य गुनासो मात्रै रहेको उनको दाबी छ।

उनले पार्टीका स्थायी समिति सदस्य भट्टले बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरूसित सहमतिको प्रयास गर्न सुझाव दिएको बताए। सहमति नजुटे लामो समयसम्म सदन अवरुद्ध नगर्न र बजेट माथिको छलफलमा दलका तर्फबाट सबै सासंदहरूले भाग लिन स्थायी समिति सदस्य भट्टले निर्देशन दिएको प्रमुख सचेतक तामाङले जानकारी दिए। उनले सकेसम्म सहममतिको प्रयास गर्न नेता भट्टले सुझाएको बताए।

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज भीम रावलले बिहीबार काठमाडौं जानुअघि पार्टीका प्रदेश सांसदहरूसितको अनौपचारिक छलफलमा विशेष खालका योजनाका लागि राखिएको बजेटबाट प्रतिपक्षी सांसदहरूले उठाएका कुरा समेटेर विवाद सुल्झ्याउन निर्देशन दिएका छलफलमा सहभागी एक सांसदले बताए।

रावलले समेत सहमति हुन नसके बहुमतीय पद्धतिका आधारमा बजेट पारित गरी कार्यान्वयनमा जान निर्देशन दिएको ती सांसदले खुलाए।

सदनमा प्रतिपक्षीको अवरोध हटाउन केही दिन सहमतिका लागि प्रयास गर्ने र सहमति हुन नसके पार्टीको निर्देशनअनुसार अघि बढ्ने तयारी नेकपा प्रदेश संसदीय दलले गरेको बुझिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्