• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाई रुट डिजाइनमा बाधक बन्दै अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नी

३ महिनाअघि आयोजनाले पठाएको लिखित पत्रको बेवास्ता
64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  २०:१४
1140x725

काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट डिजाइन तथा सञ्चालनमा अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नी (टावर) बाधक हुने भएको छ। विमानस्थल सञ्चालनको आवश्यक फ्लाइट रुट डिजाइनमा उक्त सिमेन्ट उद्योगले निर्माण गरेको १ सय २४ मिटर अग्लो चिम्नीले समस्या सिर्जना गरेको आयोजना निर्देशनालयका प्रमुख प्रवेश अधिकारीले बताए।

फ्लाइट रुट डिजाइनमा सिमेन्ट उद्योगले निर्माण गरेको चिम्नीले समस्या ल्याउने निश्चित भएपछि व्यवसायी पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगलाई लिखितरुपमै उचाई कम गर्न पत्र काटिएको अधिकारी बताउँछन्।

फ्लाइट रुट डिजाइन कार्य सुरु भएसँगै सिमेन्ट उद्योगले निर्माण गरेको चिम्नीको टावर घटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजनाले अर्घाखाँची सिमेन्ट उद्योग प्रालि रुपन्देहीलाई पत्राचार गरेको थियो।

आयोजनाले अर्घाखाँची सिमेन्ट उद्योग प्रालिलाई पठाएको पत्र।

आयोजना निर्देशनालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकस्तरको निर्णयबाट चिम्नीको उचाई ४० मिटर घटाउन पत्र काटेको थियो।

आयोजना निर्देशनालयले गत चैत १० गते लिखितरुपमै टावरको उचाई घटाउन उद्योगलाई पत्र काटेको अधिकारीले जानकारी दिए। पत्र काटेको ३ महिना भइसक्दा पनि उद्योगले कुनै लिखित जवाफ नदिएको उनको भनाइ छ।

आयोजना निर्देशनालयको प्रमुखको हैसियतमा अधिकारी आफैंले प्राविधिकसहित टावरको स्थलगत अध्ययनसमेत गरको बताए।

स्थलगत अध्ययनसँगै सिमेन्ट उद्योगका प्रतिनिधिहरुसँगको छलफलमा चिम्नीले फ्लाइट रुट डिजाइनमा पार्ने समस्याको बारेका आफूले उनीहरुलाई जानकारी गराउँदा पनि ३ महिनासम्म उद्योगले कुनै प्रतिक्रिया नदिएको अधिकारीको भनाइ छ। ‘उद्योगको बैठक हलमा भएको छलफलमा मैले टावरको असरबारे उनीहरुलाई गणितीय हिसाबमा जानकारी गराएको थिएँ,' अधिकारीले भने।

‘बीचमा आयोजना निर्देशनालय पनि रन–वे पिचको काममा बढी व्यस्त हुँदा सिमेन्ट उद्योगलाई ताकेता गर्न सकेको थिएन’, अधिकारीले थपे, ‘अब फेरि उद्योगलाई चिम्नीको उचाई घटाउने विषयमा ताकेता गर्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

आयोजना निर्देशनालयले पत्र काटेपछि अर्घाखाँची सिमेन्टका प्रतिनिधि स्वयम् छलफलमा सहभागी भएका थिए। आयोजना कार्यालयमै छलफलमा लागि आएपछि आफूले उनीहरुलाई टावरका कारण उडानमा आउने समस्याको बारेका जानकारी गराएको अधिकारीको भनाइ छ।

त्यसपछि फेरि आफैं प्राविधिकसहितको टोली लिएर स्थलगत अध्ययनमा गई उचाई कसरी घटाउनुपर्छ भन्ने विषयमा समेत सिमेन्ट उद्योगका प्रतिनिधिलाई जानकारी गराएको अधिकारीले बताए।

छलफलको क्रममा उद्योगका प्रतिनिधिहरुले चिम्नीको उचाई किन घटाउनु पर्‍यो भनी प्रश्न गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उद्योग प्रतिनिधिको प्रश्नमा आयोजना निर्देशनालय प्रमुखको हैसियतमा अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदन्डअनुसार सुरक्षामा यसले कसरी के असर गर्छ भन्ने विषयमा सुझाएका थिए। उद्योगका प्रतिनिधिलाई यसले उडान प्रक्रियाअनुसार विमान आवागमनको रुट डिजाइनमा समस्या ल्याउने जानकारीसमेत दिएको अधिकारीले जानकारी दिए।

आइकाओको उडान प्रक्रियाको रुट डिजाइन गर्ने, रुटको लम्बाई बढ्ने, घुमाउरो रुट पर्ने र हवाई सुरक्षामा समेत यसले असर गर्ने उद्योगका प्रतिनिधिलाई जानकारी गराएको उनको भनाइ छ। यसरी जानकारी गराउँदा पनि सिमेन्ट उद्योगले ३ महिनासम्म कुनै लिखित जवाफ नदिएको उनले नेपाल लाइभलाई बताए।

उद्योगले निर्माण गरको चिम्नी विमानस्थलबाट करिब ३ हजार २ सय ५० मिटरको दूरीमा छ। विमानस्थलको रन–वे पूर्वपश्चिम फर्किएको छ। चिम्नी रने–वेको उत्तरतिर पर्छ। उतरतिर पर्दा आइकाओको मापदण्डमा ४ किलोमिटरसम्म दूरीमा ४५ मिटरभन्दा अग्ला संरचना बनाउन नपाइने उल्लेख छ। सिमेन्टले निर्माण गरेको चिम्नी पनि ४ किलोमिटर भित्रै रहेका कारण उचाई घटाउन भन्दै पत्र काटेको अधिकारी बताउँछन्।

‘धावन मार्गको सतहदेखि ४५ मिटर (अधिकतम उचाई)सम्मका संरचना बनाउन पाइन्छ। त्योभन्दा माथि पाइँदैन। यो टावरको उचाई करिब १ सय २४ मिटर छ। तर, ४५ मिटर भनेको विमानस्थलको धावनमार्गको सतहसँग मात्रै हो। तर, त्यो संरचना खडा भएको स्थानको तह धावनमार्ग भन्दा केही तल्लो तहबाट नै निर्माण भएको हुँदा ४० मिटर मात्रै घटाउनु पर्ने देखिएकोले पत्राचार गरिएको हो’, अधिकारी भन्छन्।

यस विषयमा अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले अहिले कुनै प्रतिक्रिया नदिने बताए। उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका मुरारकाले आफूहरुका कारण विमानस्थल सञ्चालनका लागि तोकिएको समयसीमाभित्र कुनै असर नहुनेगरी काम गर्ने दाबी गरे।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको ३ हजार लामो रन–वे निर्माणको काम पनि सकिइसकेको छ।

विमानस्थल निर्माण आयोजनका अनुसार जुन २८ मा निर्माण सम्पन्न हुनुपर्ने भए पनि केही काम बाँकी रहेको भन्दै ६ महिनाको समय थपको तयारी समेत भइरहेको छ।

विमानस्थलको भौतिक संरचना निर्माण गरिरहेको चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले विमानस्थलको निर्माण गरिरहेको छ। निर्माण कम्पनीसँग सरकारले २०१४ नोभेम्बरमा सन् २०१७ डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।

तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि सरकारले विमानस्थल निर्माणको समय थप गर्दै २०१९ को जुन २८ सम्म समय थप गरेको थियो। थप भएको समयमा पनि विमानस्थलको आवश्यक पूर्वाधार निर्माणमा केही काम बाँकी रहेको भन्दै दोस्रो पटक समय थपको तयारी गरेको हो। विमानस्थल निर्माणको काम अब थप गरिने भनिएको ६ महिनाभित्रमा सकिने अवस्था समेत बनेको आयोजनाको दाबी छ।

निर्माण कम्पनीले पनि भौतिक संरचना निर्माणको अन्तिम चरणको काम गरिरहेको जनाएको छ।

विमानस्थलको रन–वे निर्माणको काम सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडानको समेत तयारी गरिरहेको छ। साथै विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानको काम पनि भइरहेको छ।

आगामी आर्थिक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि भन्दै सरकारले बजेटमार्फत ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजनसमेत गरिसकेको छ।

(भैरहवाबाट सहकर्मी दीपक घिमिरेको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्