राजविराज– शीतलहर र चिसो बढेपछि पीडितहरुलाई जोगाउने प्रयास अन्तर्गत आइतबार सप्तरीका एक सय परिवारलाई सिरक बाँडिएको छ।
जिल्लाको बसबिट्टि, पातो, औरता, नौवापार, पिप्राही, कनकपट्टि, जोगिनिया, इनर्वा, कबिलासा, महनौरी, बिहारपुर, मलेठ लगायतका बाढीपीडित, विपन्न, असहाय, अपांग गरी १ सय परिवारलाई सिरक वितरण गरिएको हो। प्रतिपरिवार एक/एक थान सिरक वितरण गरेको एकल अभियान सगरमाथा अञ्चल संयोजक विन्दुलाल साहले जानकारी दिए।
मारवाडी सेवा समितिबाट प्राप्त सिरक सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का, एकल अभियानका केन्द्रीय अध्यक्ष ओमप्रकाश सराफ, एकल अभियान सगरमाथा अञ्चल संयोजक विन्दुलाल साह लगायतले वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।