• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अर्थमन्त्रीसँग प्रदीप गिरिको प्रार्थना- पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्नुहोस्

64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  २०:४८
1140x725

काठमाडाैं- नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अर्थमन्त्री डा युवराज खतिवडालाई अतिरिक्त करभार लगाएर पुस्तक पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरिले काठमाडौं शहरमा भएका पुस्तक पसल ७५ प्रतिशत बन्द भइसकेकाले पुस्तकमाथि करभार थप्ने कुरालाई हरेक हालतमा समाप्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडासँग आग्रह गरेका हुन्। गिरिले न्युरोडमा भएका पुस्तक पसलको ठाउँ अहिले सुन व्यवसाय र रक्सीको पसलले लिएको हुँदा अतिरिक्त करभार लगाएर पुस्तक पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्न अर्थमन्त्री खतिवडासमक्ष आग्रह गरे।

संसद्‌मा सांसद गिरिले राखेको धारणाको सम्पादित अंश:

सभामुख महोदय,

धेरै वर्षअघिको कुरा हो।

त्यतिबेला सभामुखलगायत धेरे कमरेडहरु अत्यन्त कठिन युद्धमा संलग्न हुनुहुन्थ्यो। त्यस युद्धका प्रति हाम्रो पनि सहानुभूति थियो। त्यो मैले दोहोर्‍याइ रहनु नपर्ला। त्यो ताका तत्कालीन अर्थमन्त्री डा रामशरण महतले पुस्तकका उपर कर लगाएका थिए। पुस्तकको आयातका उपर। त्यतिबेला यस समय सत्तामा रहेका अधिकांश साथीहरु जङ्गलमा भएकाले ध्यान नदिनु भएर हो कि? यद्यपि जङ्गलमा पढ्ने परम्परा थियो। त्यो बेलाका रचनाहरुबाट थाहा पाइन्छ।

पुस्तकका उपर कर लाग्ने व्यवस्थाप्रति तत्कालीन संसद्‌मा चर्को विरोध गरेको हुँदा, स्वयम् मैले आफ्नै अर्थमन्त्रीका उपर प्रहार गरेको हुँदा बडो उदारतापूर्वक पुस्तकलाई करभारबाट मुक्त गरिएको थियो। यत्रो वर्षको अन्तरालपछि, यत्रो ठूलो क्रान्ति भइसकेपछि पुस्तकका शौखिनहरु सत्तामा भएपछि स्वयम् विद्वान प्रधानमन्त्रीका पालामा आहिले आएर पुस्तक करमुक्त रहने प्रणालीलाई विभिन्न बाहनामा, विभिन्न नाममा विभिन्न कारणले करको दायरामा ल्याइँदैछ। नेपालमा एउटा उखान छ- ‘कुरो र कुलोलाई जता लगे पनि हुन्छ।’

किन कर लगाउने भन्दा दुई/तीन वटा तर्क मैले सुनेको छु‍, नसुनेको होइन। तर, मुलतः पुस्तक भन्ने कुरा र पुस्तकको उपलब्धि भन्ने कुरा यसै पनि उपभोक्तावादी समाजमा हराउँदै गएको छ। तथाकथित सञ्चारक्रान्तिले ल्याएका सस्ता मनोरञ्जनमा हामी अलमल्ली रहेका छौं।  यहाँ पुराना साथीहरुलाई थाहा होला, मैले त बेलाबखत पुस्तक व्यवसायीलाई भन्दै आएको छु- काठमाडौं सहरमा भएका पुस्तक पसल ७५ प्रतिशत बन्द भएका छन्। न्यूरोडमा गएर हेर्नुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb

ती पुस्तक पसलको ठाउँ सुनको व्यवसायले लिएको छ। गएर हेर्नुभए हुन्छ तपाईंले। रक्सीको पसलले लिएको छ। जुन पुस्तक पसल चलाइरहेका छन्, चाहे रत्न पुस्तक भण्डार होस्, चाहे मण्डला बुक्स होस्, म गएर जहिले पनि सोध्छु- ‘हैन तपाईंहरुले कसरी पसल चलाउनु भएको छ? कसरी खान पुग्छ?’

अब उनीहरुलाई अतिरिक्त करभार लगाएर पुस्तक पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्नुहोस्। म अर्थमन्त्री ज्यूसँग प्रार्थना गर्न चाहन्छु। उहाँ स्वयम् एक विद्वान व्यक्ति हुनुहुन्छ। त्यसको अत्यन्त ठूलो महत्व छ।

अघि पूर्ववक्ता नेपाली कांग्रेसका छायाँमन्त्रीले करलाई नीतिका रुपमा पनि हेर्नुहोस् है भन्नु भएको थियो । मेरो भनाइ त्यसको पनि एउटा अंग हो। कर सिर्फ पैसा उठाउने सरकारलाई खर्च गर्ने साधन ल्याउने मात्र होइन। सरकारका केही निश्चित नीति पनि हुन्छन्। सरकारको पुस्तक विरोधी नीति होइन होला। अभिव्यक्ति स्वतन्त्रता विरोधको प्रतिक होइन होला।

यसैले म सम्मानीय प्रधानमन्त्री, अर्थमन्त्रीलाई निवेदन गर्न चाहन्छु- यो पुस्तकमाथि करभार थप्ने कुरालाई रहेक हालतमा समाप्त गरियोस्। यसका प्रति सम्माननीय सभामुखले पनि आफ्नो सहमति जताइदिनुभयो भने म आफूलाई भाग्यमानी सम्झनेछु।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धन्यवाद।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्