काठमाडौं– घुससहित पक्राउ परेका मालपोत कार्यालयका कर्मचारीलाई प्रहरीले भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा देवराज काफ्लेविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
जग्गा रजिष्ट्रेशन पास गर्न डोर खटिनका लागि उनले एक लाख रुपैयाँ घुस लिएका थिए। आयोगले कार्यालयकै अन्डरग्राउण्डबाट उनलाई तीन साताअघि एक लाख घुससहित पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।