• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तकोशी नगरपालिकाले बनाउँदैछ विकासको यस्तो ‘मास्टर प्लान’

64x64
नेपाल लाइभ आइतबार, पुस १६, २०७४  १३:३०
1140x725

राजविराज– स्थानीय तह सञ्चालन सम्बन्धी स्पष्ट कानुनको अभावमा नयाँ नगरपालिका र गाउँपालिकाको गतिविधि अन्यौलपूर्ण अवस्थामा छ। कतिपय स्थानीय तह माथिल्लो निकायको निर्देशनको प्रतीक्षामा छन् भने कतिपय स्थानीय तह भौतिक पूर्वाधार तथा विकास निर्माणको योजना बनाउनमा अल्मलिएका छन्।

यिनै स्थानीय तहमध्ये सप्तरीको सप्तकोशी नगरपालिका भने नगरको विकासका लागि ५ वर्षे ‘मास्टर प्लान’ बनाउन कस्सिएको छ। ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा यो नगरपालिका पुराना नगरपालिकाको तुलनामा भौतिक संरचना र विकासका दृष्टिले पछि छ । तर, यस नगरपालिकालाई अन्य विकासोन्मुख नगरपालिकाको दाँजोमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा हरसम्भव प्रयास भइरहेको मेयर उत्तमकुमार गौतम बताउँछन्।

‘नगरको एकीकृत सहरी विकासका लागि ५ वर्षे मास्टर प्लान र वार्षिक योजना एकै पटक तयार गर्दैछौं,’ मेयर गौतमले भने, ‘हामीसँग समस्या र अवसर दुवै छन्। अवसरलाई उपयोग गर्दै समस्यालाई घटाउने र विकासको गतिलाई तिव्रता दिने विषयमा हाम्रो प्रयास जारी छ।’

नगरको विकासका लागि तयार योजनाका विषयमा छलफल गर्दै मेयर, उपमेयर, पदाधिकारी र कर्मचारी।


पुस मसान्तभित्रै सम्पन्न हुन लागेको नगरपरिषद मार्फत वार्षिक योजना र ५ वर्षे मास्टर प्लान एकै पटक अनुमोदन गरी काम गर्ने योजना सुनाएका गौतमले आफ्नो कार्यकालभित्रै सप्तकोशीलाई सप्तरीका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा अगाडि पुर्याउने दृढता व्यक्त गरे।

नगरपालिकाहरुको भौतिक पूर्वाधार, सामाजिक, आर्थिक अवस्थाहरुको विस्तृत अध्ययन, आम्दानिका श्रोतहरुको पहिचान तथा प्राविधिक दृष्टिकोणले समेत अध्ययन/अनुसन्धान गरी योजनालाई पूर्णता दिइने जानकारी दिँदै गौतमले भने, ‘सरोकारवाला कार्यालयहरुसँग पनि समन्वय गरिरहेका छौं, उनीहरुको सुझावलाई पनि मार्गदर्शनका रुपमा लिएर काम गरिरहेका छौं।’

१९८२ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र समशेरले निर्माण गरेको मुलुककै पहिलो चन्द्रनहर तथा त्यसको रेखदेखका लागि बनाएका ऐतिहासिक तथा प्राचीन संरचनाको जगेर्ना गर्ने, चुरे क्षेत्र, सामुदायिक वन, धार्मिक स्थल लगायतको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, नगरको मुख्य बजारका रुपमा रहेको फत्तेपुर हटियामा व्यापारीक भवन निर्माण गर्ने, शहीद पार्क र चिडिया घर निर्माण गर्ने, सुख्खा क्षेत्रमा भूमिगत सिँचाइको व्यवस्था मिलाउने, रिङरोडका लागि पहल गर्ने लगायतका दर्जनौं योजना मास्टर प्लानमा समेटिने गौतमले जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

१९८२ सालमा मा निर्माण गरिएको मुलुककै पहिलो चन्द्रनहरको उद्गमस्थल त्रियुगा नदीमा रहेको हेडवर्क्स


विकास र प्रगतिका प्रसस्त सम्भावना हुँदाहुँदै पनि बाढी र कटान सप्तकोशी नगरपालिको सबैभन्दा ठूलो समस्या रहेको उनले बताए। उनले त्रियुगा, अमाहा, गंगाजली सत्रापत्रा (जुटपानी) लगायत खोलालाई नियन्त्रण गर्नेतर्फ प्रयास भइरहेको बताए।

फत्तेपुर, ओद्राहा र कमलपुर गाविसलाई मिलाएर २०७२ मंसिर १५ मा सप्तकोशी नगरपालिका घोषणा भएको थियो। २०६८ सालको जनगणना अनुसार २२ हजार जनसंख्या रहेको यो नगरपालिकाले कुल ६५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ।

चन्द्रनहर निर्माण हुँदा राणा प्रधानमन्त्री चन्द्र शमशेरको बसोबासका लागि निर्माण गरिएको फत्तेपुरस्थित चन्द्र गेस्ट हाउस
 

प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्