काठमाडौं– भक्तपुरको सिपाडोलमा शनिबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
नेपाल प्रहरीका नायब निरीक्षक(सई) सुन्दर खड्काले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको श्रीमती पवित्रा थापा खड्काको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सई खड्काको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
आशापुरीबाट डोलेश्वरतर्फ जाँदै गरेको बा ६४ प २०७८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो । मोटरसाइकल चालक खड्का महानगरिय प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।