दैलेख– शनिबार दिउँसो दैलेखमा जीप दुर्घटना भएको छ। दैलेखको नारायण नगरपालिका–२ मा भएको जिप दुर्घटनामा चालक सहित ६ जना घाईते भएका छन्।
दुर्घटनामा जिप चालक नारायण नगरपालिका –७ का २७ वर्षीय मान बहादुर बिष्ट सहित ६ जना घाईते भएका हुन्। दुर्घटनामा परी घाईते भएकाहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भैरहेको छ । घाईते मध्ये २ जनाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ।
दिउँसो साढे १२ बजे दैलेख सदरमुकामबाट डुग्रीबजारतर्फ जाँदै गरेको लु १ च ७५८६ नम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।