काठमाडौं– गत वर्षको एसइई परीषामा सहभागी भएका मनसुन मोबाइल मेलामा ५० प्रतिशत छुट पाउने भएका छन्। एसइइको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर समेत सुरु गरिएको मेला सञ्चालकले जानकारी दिएको हो। मेला राजधानीका तीन स्थानमा सञ्चालन भइरहेको छ।
चाबहिल चुच्चेपाटीस्थित के एल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मोबाइल मेला जारी छ।
एसइइ परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाईट, नुबिया भि १८ लगायतका मोबाइलमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वान प्लसलगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ।
परीक्षार्थीहरुले किस्ताबन्दीमा विभिन्न ब्राण्ड तथा मोडलका मोबाइल समेत खरिद गर्न सक्नेछन्। एसइइका परीक्षार्थीलाई लक्षित गर्दै मोबाइल मेलाको अवधि थप गरिएको छ। मेला असार मसान्तसम्म चल्नेछ।
यसका साथै हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनेछन्। साथै सिनेमा टिकट लगायतका अफरहरु राखिएको छ। ६ सय ५० रुपैंयामा किप्याड मोबाइल किन्दा पनि उल्लेखित अफरमा सहभागी हुन सकिन्छ।
मेलामा जुनसुकै ब्राण्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ। पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ।
मोइबालको खरिदमा हात खाली नजाने आर्कषक उपहारको समेत व्यवस्था गरिएको छ। साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।