काठमाडौं– रौतहट यमुनामाई गाउँपालिका–३ घर भएकी २७ वर्षीया सुप्रिया भारतीको हथौडा प्रहारबाट बिहीबार दिउँसो हत्या गरिएको छ।
सर्लाही मलंगवा नगरपालिका–९ स्थित आँखा केन्द्र अस्पताल मलंगवामा कार्यरत कार्यालय सहयोगी रौतहट बौधीमाई नगरपालिका सहर मुजुवा बस्ने ३० वर्षीय अमित कुमार बैठाले हथौडा प्रहार गर्दा सुप्रियाको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा उनका ४ वर्षीय छोरा दिवश कुमार रजकसमेत घाइते भएका छन्। जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपश्चात् उनलाई थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज रिफर गरिएको छ।
सुप्रियाका पति डा दीपेन्द्रकुमार रजक सोही अस्पतालको प्रमुख रहेको बुझिएको छ।
हथौडा प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन। हाल फरार रहेका अमितको प्रहरीले खोजी गरिरहेको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।