काठमाडौं- २०७५ मा भएको एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।
२०७५ को एसइई नतिजा नेपाल टेलिकमबाट पनि सहज रुपमा थाहा पाउन सकिने भएको छ।
परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np बाट हेर्न सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ।
नेपाल टेलिकमले सदाझैं विभिन्न सेवाहरु उपलब्ध गराएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ।
जस्तै: seesymbol No टाइप गरी १६०० मा सन्देश पठाउने। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ।
यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ।
नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ। यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिनेछ। एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ। यसका लागि दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।