काठमाडौं- सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी गराएका हुन्। उक्त कार्यमा संलग्न कर्मचारीलाई पनि कानुन बमोजिम कारबाही गरिने उनले बताए।
सप्तरी जिल्ला प्रशासनबाट जीवनकुमार सिंह, धनुषाबाट धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जमुना राउत भनिने यमुना सिंह र कृपाली सिंहले झुटा कागजाज पेस गरी नेपाली नागरिकता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।