आठराई, तेह्रथुम – आफ्ना पिताको जन्मदिनको अवसरमा एक समाजसेवीले विद्यालय झोला वितरण गरेका छन्।
ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा वेदप्रकाश उप्रेतीले आफ्ना पिता समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्मजयन्तीका अवसरमा तेह्रथुम आठराई गाउँपालिका–६ चुहानडाँडाका ५ सय २० विद्यार्थीलाई विद्यायल झोला वितरण गरेका हुन्।
साविक चुहानडाँडा गाविसका आठ सामुदायिक र एक निजी विद्यालय गरी नौ वटा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पढाइप्रति उत्प्रेरणा जगाउने उद्देश्यले उक्त झोला वितरण गरिएको तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाका प्रध्यापक दीपकराज उप्रेतीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।