• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दुई वर्ष बित्दा पनि किसानले पाएनन् केराखेतीको क्षतिपूर्ति, पछिल्लो हुरीबाट ८० प्रतिशत केरा नष्ट

छिट्टै राहत वितरण सुरु हुन्छ : कृषि मन्त्रालय
64x64
नेपाल लाइभ बिहीबार, असार १२, २०७६  २१:१८
1140x725

धनगढी- गत जेठ २३ गते आएको विनासकारी हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा केरा खेतीमा अधिक क्षति पुग्यो। गत वर्ष पनि हावाहुरीका कारण दुई जिल्लाका केरा खेती गर्ने किसानले निकै क्षति बेहार्नु परेको थियो। प्रत्येक वर्ष केरा खेतीमा प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भइरहेको छ। तर, किसानहरू भने अझैं पनि क्षतिपूर्तिको प्रतिक्षामा छन्।

कैलालीका केरा खेती किसान लछीराम आचार्यले भने, 'कैलाली र कञ्चनपुरका केरा खेती किसानले पटक-पटक क्षतिपूर्ति र राहतका लागि सम्बन्धित सरकारी निकायमा माग गरे। तर, अहिलेसम्म कहींकतैबाट कुनै सुनुवाइ भएको छैन।'

८० प्रतिशत केरा खेतीमा क्षति
गत जेठ २३ गतेको हावाहुरीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति बेहार्नुपरेको किसान आचार्यको भनाइ छ। ‘बारीमा १६ हजार बढी केराका बोट रोपेको थिएँ। तीमध्ये १४ हजार बढी बोट पूर्णरुपमा सखाप भए,’ किसान आचार्यले नेपाल लाइभसँग भने, ‘हावाहुरीबाट जोगिएका केराका बोटबाट पनि केरा उत्पादन हुने सम्भावना छैन।'

उनले राहतका लागि प्रहरी मुचुल्का उठाएर कागजपत्रसहित स्थानीय तहदेखि प्रदेशको विषयगत मन्त्रालयसम्म बुझाएको जानकारी दिए। उनले गत वर्ष राहत नपाएको स्मरण गर्दै भने, ‘यो वर्ष पनि राहत पाइन्छ भन्ने आशा छैन।’

केरा खेती उत्पादक किसानका अनुसार हावाहुरीको क्षतिका कारण यस वर्ष केरा उत्पादनमा निकै ह्रास आउने देखिएको छ। कैलाली र कञ्चनपुरमा वार्षिक ४० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ।

कञ्चनपुरका सुरेन्द्र चौधरीले व्यक्तिगत लगानीमा ४ विघा जग्गामा केरा खेती गर्दै आएका छन्। उनले यस वर्ष ७ हजार केराका बोट रोपेका थिए। 'जेठ २३ गतेको हावाहुरीका कारण मेरो करिब ८० प्रतिशत केराका बोट पूर्णरुपमा क्षति भयो,' उनले भने, 'बचेका बोटहरूबाट पनि केरा उत्पादन हुने देखिएको छैन।'

सो हावाहुरीका कारण करिब ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको किसानहरूको दाबी छ।

किसान पलायन हुने सम्भावना
भारतबाट आयात हुने केराका कारण हतोत्साहित हुने गरेका यहाँका किसानहरूमा हावाहुरीले पुर्‍याएको क्षतिका कारण थप समस्या सिर्जना भएको छ। त्यसमाथि सरकारले क्षतिपूर्तिसमेत नदिँदा कतिपय किसानहरु पलायन नै हुने अवस्थामा पुगेको किसान अगुवाहरु बताउँछन्। कञ्चनपुरका किसान चौधरीले सरकारले अहिलेसम्म केरा खेतीमा भएको क्षतिबारे किसानलाई राहत प्रदान गर्न कुनै पहल नगरेको गुनासो गरे।

Ncell 2
Ncell 2
nimb
nimb

'स्थानीय तहदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसम्म क्षतिको विवरण बुझाएका छौं। तर, अहिलेसम्म मन्त्रालयबाट आश्वासन मात्रै पाएका छौं,' उनले भने, 'यस्तै अवस्था रहिरहने हो भने किसानलाई पलायन हुनु बाहेक अरु विकल्प छैन।'

गत वर्ष १८ लाख रुपैयाँ बराबरको केरा उत्पादन गरेको चौधरीले बताए। तर, यस वर्ष सोको आधा पनि उत्पादन हुनेमा उनलाई आशंका छ। भने, 'यस वर्ष ६ लाख रुपैयाँको पनि केरा उत्पादन हुने छाँट देखिन्न।'

छिट्टै राहत वितरण सुरु हुन्छ : मन्त्रालय
जेठ २३ गतेको हावाहुरीपछि सुदूरपश्चिम प्रदेश सरकारले बालीनाली तथा पशुपंक्षीमा भएको क्षतिको विषयगत मन्त्रालयले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो।

कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी विश्वेश्वरप्रसाद खनालले सुदूरपश्चिम मन्त्रीपरिषद्‌को निर्णयअनुसार मन्त्रालायले मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा बुझाएको जानकारी दिए। उनले यससँगै मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको पनि जिकिर गरे। भने, 'छिट्टै राहत वितरण कार्य पनि सुरु हुनेछ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

किसानका अनुसार कैलालीमा करिब १ हजार र कञ्चनपुरमा ५ सय गरी कूल १५ सय हेक्टर जमिनमा केरा खेती हुने गरेको छ।

हाल कैलालीका ८ सय ५० घरधूरी र कञ्चनपुरका ५ सय ५८ घरपरिवारले व्यवसायिक रुपमा केरा खेती गर्दै आइरहेका छन्। केरा फार्ममा प्रत्यक्षरुपमा ८ सय ८३ जनाले रोजगारी पाइरहेका छन् भने केराको थोक तथा खुद्रा व्यवसायमा हाल २ हजार ६ सय जना संलग्न रहेको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्