डोल्पा- दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा जनजीवन प्रभावित भएको छ।
एक महिना बीचमा तेस्रो पटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन्। मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ।
अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ। सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ।
अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएको छ। जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।