काठमाडौं- बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८, भेटघाट चोकमा एकआपसमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
साँझ ६ बजे ना५३प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका हुन्।
दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नम्बरका मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नम्बरका मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।