चितवन- सडक माथिबाट आएको लेदो जमेपछि पृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो। लेदोमा केही सवारीसाधन समेत फँसेका छन्।
सडकभन्दा माथिको बालुवा निकालिएको छ। बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो। राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा यस्तो अवस्था आएको हो। सडक खन्दा निस्किएको लेदो सडकसम्म आएपछि बिहान २ बजेदेखि सडक अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए।
बालुवा धुने मेसिनको प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने खतिवडाले सुझाए। सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन्। सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा सवारी साधन रोकिएका छन्।
रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।