काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
तमु ल्होसारका अवसरमा आज दिएको शुभकामना सन्देशमा देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त देशमा यस्ता मौलिक पर्वको महत्वबारे उल्लेख गरेका छन्।
तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।