काठमाडौं- गैंडाको खागसहित ३ जना पक्राउ परेका छन्।
बुधबार दिउँसो २ बजेतिर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा जिल्ला गोरखा चुमनुब्री गाउँपालिका-३ सिर्दिबास घर भई हाल जिल्ला काठमाण्डौँ कामनपा-१७ ढल्कु बस्ने ५३ वर्षीय लाल बहादुर गुरुङ्ग र मकवानपुर गढी गाउँपालिका-२ घर भई हाल जिल्ला धादिङ्ग महादेबबेँशी थाक्रे-६ बस्ने ३३ वर्षीय अष्ट बहादुर थिङ्ग रहेका छन्। यसैगरी, जिल्ला धादिङ्गको थाक्रे गाउँपालिका-११ बस्ने वर्ष ३४ का गोबिन्द प्रसाद मोक्तान रहेका छन्।
उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाउने तयारी भइरहेको महानगरीय प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।