राजविराज– अपरिचित समूहको कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु भएको छ।
तिरहुत गाउँपालिका-३, पिप्राहीका २५ वर्षीय जयकृष्ण विराजी (यादव) को मृत्यु भएको हो।
उनलाई मंगलबार राती २ बजे राजविराज नगरपालिका-७ मा अपरिचित समूहले कुटपिट गरेको थियो।
कुटपिटबाट गम्भीर घाईते भएका यादवलाई तत्कालै उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा भर्ना गरिएको थियो।
थप उपचारका लागि वुधबार विराटनगर स्थित नोबेल अस्पताल पठाईएका उनको सोही क्रममा मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
घटना संलग्न व्यक्तीहरुको तदारुकताका साथ खोज तलास भइरहेको र अनुसन्धान कार्य जारी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।