जनकपुर– धनुषामा आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–१ बस्ने २५ वर्षका रामसुन्दर यादव रहेका छन्।
उनले ३ वर्षअघि रातिको समयमा श्रीमती मधुदेवी यादवलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेका थिए। उनी घटना पश्चात फरार रहेका थिए।
लुकीछिपी बस्दै आएका उनलाई इलाका प्रहरी कार्यालय सबैलाको टोलीले धनुषाको जनकनन्दनी गाउँपालिका–१ नेपाल भारतको सिमाना नजिकबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
हाल उनलाई कर्तब्य ज्यान सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतबाट कानुन बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।